‘यसअघिका मन्त्रीले काजमा राखेका ८ सय डाक्टरको दरबन्दी व्यवस्थापन गर्दा धम्की आयो’ – Nepal Press

‘यसअघिका मन्त्रीले काजमा राखेका ८ सय डाक्टरको दरबन्दी व्यवस्थापन गर्दा धम्की आयो’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले दरबन्दी अनुसार डाक्टरहरू व्यवस्थापन गर्दा सचिवालयमा धेरै धम्की आउन थालेको बताएका छन् ।

बिहीबार राष्ट्रियसभामा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले दरबन्दी बाहिर जिल्लामा हुने तर स्वास्थ्य मन्त्रालयमा काजमा बस्ने डाक्टरहरूको व्यवस्थापन गर्ने जोखिम रहेको बताए ।

उनले आफूलाई अहिलेसम्म धम्की आउन नसके पनि सचिवालयमा भने दैनिक धेरै धम्की आउन लागेको बताए ।

दरबन्दीअनुसारको डाक्टरहरू व्यवस्थापन गर्ने काम पार लगाएरै छाड्ने उल्लेख गर्दै मन्त्री बस्नेतले स्वास्थ्यमा डाक्टर व्यवस्थापनको चिरफार गरी छाड्ने प्रतिबद्धता जनाए ।

स्वास्थ्यमन्त्री बस्नेतले संविधानलाई कार्यान्वयन गरी आधारभूत स्वास्थ्य सेवा ग्रामीणस्तरसम्म स्वास्थ्यकर्मीहरूको पहुँच नभएको स्थानमा डाक्टरहरूको पहुँच पुर्‍याएर नै छोड्ने बताए ।

८ सय डाक्टरहरू मन्त्रीहरूको पालामा काजमा स्वास्थ्य मन्त्रालय बसेको भन्दै त्यसमा दरबन्दीअनुसारको क्षेत्रमा पठाउने काम गर्ने बताए । दरबन्दीमा डाक्टर पठाउन नसकिए मन्त्रालय सुधार नहुने उनको भनाइ थियो ।

कर्मचारी व्यवस्थापनमा अलिअलि मिलाएको भरमा मिल्ने अवस्था नभएको भन्दै यसलाई अप्रेसन गर्नुपर्ने मन्त्री बस्नेतले बताएका छन् ।

सबै डाक्टरहरूलाई राजधानी मात्रै चाहिएको अवस्था रहेको उल्लेख गर्दै उनले दरबन्दी अनुसार व्यवस्थापन गर्न खोज्दा आत्महत्या गर्नेसम्म विषयहरू आएको बताए ।


प्रतिक्रिया

One thought on “‘यसअघिका मन्त्रीले काजमा राखेका ८ सय डाक्टरको दरबन्दी व्यवस्थापन गर्दा धम्की आयो’

  1. सचिवालयलाई धम्कि दिनेहरुको अडियो सार्वजनिक गर्न लगाउनुस् न मन्त्री ज्यु , बाँकि काम जनताले गरिहाल्छन् नि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर