वडाध्यक्ष निधनको शोकमा रुन्टीगढीमा बिदा – Nepal Press

वडाध्यक्ष निधनको शोकमा रुन्टीगढीमा बिदा

रुपन्देही । बुधबार मृत्यु भएका रोल्पा रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष टंकबहादुर पुनको शोकमा गाउँपालिकाले आज शोक बिदा दिएको छ । गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थाहरू र विद्यालयलाई बिदा दिइएको हो ।

वडाध्यक्ष पुनको स्क्रवटाईफाईटका कारण मृत्यु भएको थियो । घरमा बिरामी परेका पुन गाउँकै स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि दाङको राप्ती विज्ञान प्रतिष्ठान घोराहीमा भर्ना भएका थिए । प्रतिष्ठानमा उपचाररत पुनको वुधबार बिहान मृत्यु भएको हो । ३९ वर्षीय पुन नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *