५९ वर्षमा आठौँ पटक पिता बने बेलायतका पूर्व प्रधानमन्त्री जोनसन – Nepal Press

५९ वर्षमा आठौँ पटक पिता बने बेलायतका पूर्व प्रधानमन्त्री जोनसन

लन्डन । बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसन फेरि पिता बनेका छन् । उनकी श्रीमती क्यारी जोनसनले गत हप्ता छोरालाई जन्म दिएकी छिन् ।

क्यारीले इन्स्टाग्राममा यो जानकारी दिएकी हुन् । क्यारीले भने कि दम्पतीको तेस्रो सन्तान र पूर्व नेताको आठौँ सन्तान जुलाई ५ मा जन्मिएको थियो।

क्यारी जोन्सनले आफ्नो इन्स्टाग्राम पेजमा आफ्नो बच्चाको काखमा तस्बिर राख्दै लेखेकी छिन्, ‘संसारमा स्वागत छ।’ यस क्रममा जानकारी दिँदै उनले फ्र्याङ्क अल्फ्रेड ओडिसियस जोन्सनको जन्म जुलाई ५ मा बिहान ९ः१५ बजे भएको बताइन ।

उनले युनिभर्सिटी कलेज लन्डन अस्पतालमा राष्ट्रिय स्वास्थ्य सेवा टोलीलाई धन्यवाद दिइन् । उनले अस्पतालका कर्मचारीको प्रशंसा गर्दै यी व्यक्तिहरूले साँच्चै अद्भुत हेरचाह गरेको बताइन्।

जोन्सन र केरीले मे २०२१ मा विवाह गरेका थिए। उनीहरूको पहिलो छोरा विल्फको जन्म अप्रिल २०२० मा भएको थियो।

छोरी रोमीको जन्म सन् २०२१ को डिसेम्बरमा भएको थियो, त्यतिबेला जोनसन बेलायतका प्रधानमन्त्री थिए ।

स्मरण रहोस्, ५९ वर्षीय जोनसनले संसदमा झूट बोलेको कुरा सांसदहरूले थाहा पाएपछि गत महिना टोरी सांसद पदबाट राजीनामा दिएका थिए। उनले तीन विवाह गरिसकेका छन् ।

वकिल मारिना व्हीलरसँगको दोस्रो विवाहबाट उनका चार सन्तान छन्। यससँगै अब उनका ३५ वर्षीया क्यारीका तीन सन्तान छन्, जससँग उनले दुई वर्षअघि विवाह गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर