यस्तो छ आज विदेशी मुद्राको विनिमय दर – Nepal Press

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६०रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आजको अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ ३० पैसा र बिक्री दर १३१ रुपैयाँ ९० पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ ६९ पैसा  र बिक्री दर १४५ रुपैयाँ ३५ पैसा  रहेको छ।

हिजो अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ ४९ पैसा र बिक्री दर १३२ रुपैयाँ ०९ पैसामा तथा युरो एकको खरिद दर १४४ रुपैयाँ६९ पैसा र बिक्री दर १४५ रुपैयाँ ३५ पैसामा कारोबार भएको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ७७ पैसा र बिक्री दर १७० रुपैयाँ ५४ पैसा,अस्ट्रेलियन डलर एकको खरिद दर ८७.८३ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.२३ रुपैयाँ तथा  क्यानेडियन डलर एकको खरिददर ९९रुपैयाँ ३२ पैसा  र बिक्रीदर  ९९ रुपैयाँ  ७८ पैसा कायम गरिएको छ ।

उता, जापनिज येन १० को खरिदमा ९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९ रुपैयाँ ४५ पैसा तथा दक्षिण कोरिया १०० को खरिदमा १० रुपैयाँ १८ पैसा र बिक्रीदर १० रुपैयाँ २३ पैसामा कारोबार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०२ पैसा र बिक्री दर ३६ रुपैयाँ १९ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१६ रुपैयाँ तथा मलेसियन रिंगिट  एकको  खरिद  दर २८।२३रुपैयाँ रहेको छ भने बिक्री दर २८.३६ रुपैयाँमा कारोबार हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर