राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयक पारित गरिने – Nepal Press

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयक पारित गरिने

काठमाडौं । राष्ट्रिय सभा बैठक बस्दै छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक बिहान १० बजे बस्नेछ । हिजो स्थगित भएको बैठक आज बस्न लागेको हो ।

संघीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८०  पारित हुँदै छ ।

जसअनुसार आजको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरुले दिने कार्यक्रम तय भएको छ भने आजै खर्च कटौती सम्बन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका तय भएको छ ।

त्यसपछि अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको कार्य तालिकामा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर