अन्तर्राष्ट्रिय गणित ओलम्पीयाडमा सुध्रँदै नेपालको प्रदर्शन, स्वीकृति आचार्यले दिलाइन् अवार्ड – Nepal Press

अन्तर्राष्ट्रिय गणित ओलम्पीयाडमा सुध्रँदै नेपालको प्रदर्शन, स्वीकृति आचार्यले दिलाइन् अवार्ड

काठमाडौं । जापानको चिवामा जारी ६४ औं अन्तर्राष्ट्रिय गणित ओलम्पीयाडमा नेपालकाे प्रदशन निरन्तर सुध्रँदै गएकाे छ ।

संसारभरका ११२ देशका ६२३ जना विद्यार्थीहरुबीच भएको प्रतिस्पर्धामा नेपालको तर्फबाट ६ जना विद्यार्थीहरुले सहभागी जनाएका थिए ।

जसमा अर्घाखाँचीकी स्वीकृति आचार्य, काठमाडौंका कृतेस ढकाल, कास्कीका सुमिरन सुवेदी, पाल्पाका आवर्तनमान कर्मचार्य, बर्दियाका प्रकाश पन्त र काठमाडौंका नयन बरुण रहेका थिए ।

स्वीकृतिले ऐतिहासिक रेकर्ड राख्दै नेपाललाई अवार्ड दिलाएकी छन् । साथै अन्य प्रतिस्पर्धी सबैजनाले उल्लेखनीय अंक प्राप्त गरेका कन्ट्री लिडर सनत कुमार आचार्यले नेपाल प्रेसलाई जानकारी दिएका छन् ।

२०१७ को ब्राजिल ओलम्पीयाडबाट निरन्तर प्रतिस्पर्धा गरिरहेको नेपालले सहभागीताको सातौं वर्षमा यो उपलब्धि प्राप्त गर्न सफल भएको हो ।

करिब २००० बढी प्रतिस्पर्धी विद्यार्थीहरुबाट विभिन्न चरणका छनौट परीक्षामार्फत अधिराज्य भएबाट ६ जना प्रतिस्पर्धी विद्यार्थीहरु छनौट भएको कन्ट्री डिपुटी लिडर छवि ढुंगानाले बताए ।

म्याथम्याटिकल एशोसिएशन अफ नेपालका उपाध्यक्ष हरि प्रपन्न कँडेलले विद्यार्थीहरुलाई निरन्तर रुपमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरको तालिमहरु प्रदान गर्ने साथै यस्ता प्रतिस्पर्धाहरुमा सरकारी निकायहरुबाट सहयोग वृद्धि भएमा स्तरोन्नति गर्न सकिने बताए ।

आगामी वर्ष बेलायतमा हुने ६५ औं गणित ओलम्पीयाडको अझ उत्कृष्टताको लागि अहिलैबाट कार्ययोजना तय गरी कार्यान्वयन सुरु गरिएको संस्थाका कार्यकारी सदस्य नारायण पौडेलले जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर