सट्टेबाजी प्रकरणमा पक्राउ परेका कलाकारहरु २७ दिनपछि हिरासतबाट निस्किँदाको खुशी (तस्बिरहरु) – Nepal Press

सट्टेबाजी प्रकरणमा पक्राउ परेका कलाकारहरु २७ दिनपछि हिरासतबाट निस्किँदाको खुशी (तस्बिरहरु)

काठमाडौं । वान एक्स प्रकरणमा पक्राउ परेका कलाकारहरु धरौटीमा रिहा भएका छन् । उनीहरुलाई जिल्ला अदालत काठमाडौंले छाड्न अनुमति दिएसँगै धरौटी बुझाएर उनीहरु हिरासमतबाट निस्किएका हुन् ।

प्रहरीले गत जेठ ३२ गते वान एक्स सट्टेबाजी प्रकरणको आरोप लगाउँदै ८ जना कलाकारसहित १० जनालाई पक्राउ गरेको थियो । त्यस्तै, एकजना अझै फरार छन् ।

सरकारी वकिल कार्यालयले उनीहरुविरुद्ध बिगो दाबीसहित मुद्दा दायर गरेको थियो ।

पक्राउ परेका कलाकारहरुमा मरिचमान श्रेष्ठ (बल्छी ध्रुब्रे राजु पौडेल राजुमास्टर, पवन खतिवडा (म्याकुरी), बेगम नेपाली (भटभटे माइला) युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर (जलन), गणेश देवकोटा (जिडी) र सरोज घिमिरे (ढेडो बुढो) र रहेका छन् ।

उनीहरु हिरासतबाट आज २७ दिनपछि निस्किएका हुन् । उनीहरुलाई परिवार तथा साथीहरुले खादा लगाएर स्वागत गरेका थिए । बाहिर निस्कँदा सबैजना हँसिलो मुद्रामा देखिएका छन् ।

अदालतले आठजना कलाकारहरुलाई जनही ५ हजार र दिनेश खड्कालाई १० लाख र अनिता धिताललाई ५ लाख धरौटी माग गरेको थियो ।

तस्बिरहरुः

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर