डोटीको मौवामा जीप दुर्घटना हुँदा एक वृद्धाको मृत्यु – Nepal Press

डोटीको मौवामा जीप दुर्घटना हुँदा एक वृद्धाको मृत्यु

डोटी । डोटीको आदर्श गाउँपालिका-२ मौवामा सडक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मैवाबाट सायल गाउँपालिकातर्फ गइरहेको बा १ झ ९४३९ नं. को जिल्ला समन्वय समिति, डोटीको जीप दुर्घटना हुँदा आदर्श गाउँपालिका-१ की ६५ वर्षीया हिरा खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक युवराज भण्डारीले जानकारी दिएका छन् ।

उनको घटनास्थलमै मृत्यु भएको हो भने अन्य तीनजना घाइते भएको उनले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर