जेभियर रोज्ने एसईईका उत्कृष्ट विद्यार्थी बढे – Nepal Press

जेभियर रोज्ने एसईईका उत्कृष्ट विद्यार्थी बढे

काठमाडौं । संघीय राजधानी काठमाडौंस्थित जेभियर कलेजमा कक्षा ११ पढ्ने माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण उत्कृष्ट विद्यार्थीहरु धमाधम बढेका छन् ।

काठमाडौंका मात्रै नभएर देशका विभिन्न स्थानबाट जेभियर कलेजमा पढ्न आउने विद्यार्थीको चाप बढेको छ । जेभिएर एउटा कलेजमात्रै नभई सक्षम र उत्कृष्ट विद्यार्थीहरुको आशाको केन्द्र बनेको कलेजले जनाएको छ ।

अहिले एसईईमा ४ जीपीए (ए प्लस) ल्याएका विद्यार्थीहरु धमाधम राजधानीको कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेज भर्ना हुने क्रम बढेको हो ।

एसईईमा ४ जीपीए ल्याएका झापाका सुदीप थापा पनि जेभियरमा उच्च शिक्षा हासिल गर्ने सपना बोकेर आएका छन् ।

त्यस्तै ए प्लस ल्याएर एसईई पास भएका सम्पन्न ढकाल, प्रगति पौडेल र जेनेश गौतमले पनि उच्च शिक्षाको लागि जेभियर नै रोजेका छन् ।

अन्य कजेलभन्दा राम्रो शैक्षिक वातावरण, लोभलाग्दो कक्षा कोठालगायत अन्य सुविधाले आफूहरुलाई जेभियरले तानेको भर्ना भएका विद्यार्थीहरुले प्रतिक्रिया दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *