कोशी सरकार तत्काललाई जाेगियाे, शर्तसहित यस्ताे आयाे अदालतकाे आदेश – Nepal Press

कोशी सरकार तत्काललाई जाेगियाे, शर्तसहित यस्ताे आयाे अदालतकाे आदेश

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति तत्काललाई जाेगिएकाे छ ।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा भएको सुनुवाईपछि केही शर्तसहित दीर्घकालीन असर हुने कुनै निर्णय नगर्न आदेश दिदै साउन ७ देखि निरन्तर सुनुवाई गर्ने भनेको छ ।

इजलासले उद्धव थापालाई कोशी प्रदेशको मुख्य मन्त्रीमा नियुक्त गर्ने सन्दर्शमा पेश भएका प्रस्ताव, समर्थन, दावी, हस्ताक्षरलगायतका सम्पूर्ण कागजातसहित थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख कार्यालयको भएको निर्णयको सक्कल फाइल साउन ३ गते भित्र पेश गर्न भनिएको छ।

कार्कीले कोशी प्रदेश प्रमुखसहित ३ जनालाई विपक्षी बनाएर रिट दायर गरेका थिए । नयाँ प्रदेश सरकार असंवैधानिक तरिकाले गठन भएको भन्दै कार्कीले रिट हालेका थिए । विश्वासको मत प्राप्त गर्न नसकेपछि कार्की नेतृत्वको सरकार ढलेको थियो ।

यस्ताे छ अदालतकाे आदेश

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *