गठबन्धनको सिद्धान्त मिलीजुली बस्यौँ बाँडीचुँडी खायौँ भन्ने हो : प्रदीप ज्ञवाली – Nepal Press

गठबन्धनको सिद्धान्त मिलीजुली बस्यौँ बाँडीचुँडी खायौँ भन्ने हो : प्रदीप ज्ञवाली

सुर्खेत । नेकपा एमाले पार्टी उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले हाल नेपालको गठबन्धनको सिद्धान्त मिलीजुली बस्यौँ बाँडीचुँडी खायौँ भन्ने रहेको बताएका छन् । देशलाई कहाँ पुर्याउने कसरी अगाडि लैजाने भन्ने केही पनि नभएको बताए ।

बुधबार वीरेन्द्रनगरमा आयोजित नेकपा एमाले स्कुल विभाग कर्णाली प्रदेशले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षक–प्रशिक्षण कार्याक्रममा उनले सरकारले विचारमा विकृत स्वरुप राखेर अगाडि बढेको बताए । साथै, पाँच वर्ष बित्न नपाउँदै नेपालमा आर्थिक संकट सबैलाई मारमा पारेको बताए ।

नयाँ पार्टीहरु आएका छन् पार्टीका नयाँ पुराना भन्ने हैन । विचार र उसको सिद्धान्त के हो भन्ने कुरा महत्वपूर्ण हो । जे भन्दा बढी पपुलर बन्ने होडबाजी चलेको छ ।

ढुङ्गा हान्ने जहाँ खस्यो हो त्यहीँ मैले हान्न खाजेको भन्ने खालको प्रवृद्धि मौलाएको छ उनले भने, ‘जन्मेकै आधारमा हेर्ने हो भने एमाले र कांग्रेसभन्दा राप्रपा पछि जन्मेको हो । तर, राप्रपा कांग्रेस-एमाले भन्दा नयाँ दल कुनै हुन सक्दैन । नयाँ आएका पार्टीहरुले जे बोल्दा लोकप्रिय भइन्छ त्यसरी पार्टी र मुलुक चल्न सक्दैन ।’

त्यस्तै, ज्ञानको भोक जगाउनुपर्ने र पदले कुनै ज्ञान नबढाउने ज्ञवालीको भनाइ छ । आफू जुन पदमा भएता पनि ज्ञानलाई निरन्ता दिनु पर्ने उनले सुझाव दिए । यदि म पदमा पुगेको छु मैले किन पढ्नुपर्ने भन्ने भावना बस्यो भने कहिल्यै पनि सफलतामा पुग्न नसकिने उनको भनाइ छ ।

साथै, उनले नियमित पार्टी स्कुलिङकको काम गर्नमा कर्णाली अग्रसर भएको भन्दै धन्यवाद व्यक्त गरेका छन् । कर्णालीपछि परेको मानिन्छ या त पछि पारिन्छ तर, प्रदेशस्तरीय कार्यक्रम कर्णालीमै अन्य प्रदेशभन्दा अगाडि रहेको उनले बताए ।

ज्ञावालीले भने, ‘मिसन ग्रासरुटले नयाँ कुराहरु पत्ता लागेको छ । पार्टीको बैठकले नयाँ पार्टीमा पठन-पाठनको संस्कृति हराउँदै गएको छ ।’

सातै प्रदेशकमा स्कुलहरु सञ्चालन गर्ने ७७ वटै जिल्लामा पार्टी स्कुल विभागहरु सञ्जालन गर्ने र त्यसका लागि पार्टीको स्कुलिङ र जनपरिचालिनका लगि सातजना केन्द्रीय कमिटीहरु खटिएको ज्ञवालीले जानकारी दिए ।

‘आफ्नै दाँत त तीन चोटी माझ्नुपर्छ । आफूले बुझेका कुरालाई पनि अपडेट गर्न आवश्यक । तब मात्रै पार्टी अपडेट हुन्छ । विज्ञान प्रविधिले फड्को मार्यो । मोबाइललाई नि समय समयमा अपडेट गर्नुपर्छ नत्रै अपडेट गरेन भने भाँडा मात्रैको कुनै काम हुँदै पार्टी पनि यस्तै हो’, उनले भने, ‘समय समयमा अपडेट गर्नुपर्छ । उत्पदानको ढाँचामा धेरै परिर्वतन हुदै आएका छन् । ती प्रविधिसँग आफैलाई जाडेर अगाडी लैजानुपर्छ । अनी मात्रै हामी अगाडी बढ्छौँ ।’

यस्तै, नेकपा एमालेका केन्द्रीय सदस्य तथा स्कुल विभाग कर्णाली संयोजक विष्णु रिजालले पार्टी स्कुलको आवश्यकता र महत्वलाई ध्यान राखेर उपस्थिति राम्रो रहेको बताए । स्कुलिङको काममा अगाडी बढाउनु पर्ने जानकारी दिए ।

पार्टी स्कुल विभागले निकालेको पाठ्यक्रम अनुसार नै आजको प्रशिक्षक तथा प्रशिक्षण हुने आवश्यता अनुसार वडास्तरमा समेत स्कुल विभागको कार्यक्रको आयोजना गरेको जानकारी दिए ।

साथै, नेकपा एमालेका केन्द्रीय सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्टले पार्टीको १० औँ महाधिवेशनले लिएको नीति अनुसार गति लिन नसकेको बताए । पार्टीको अवस्था राम्रो हुँदा-हुँदै पनि नतिजा सोचे जस्तो नभएको दुखेसो पोखे ।

प्रदेश स्तरमा प्रशिक्षण विचार, सिद्धान्त र दर्शनअनुसार तल जनतासम्म पुर्यानुपर्छ उनले भने, ‘हाम्रो व्यवहार राम्रो छैन हामी अनुशासित हुनुपर्छ हामी विद्यार्थी बनेर पाँच दिनसम्म बसेर साथ दिनोस् ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर