दोहोरो अंकले बढ्यो नेप्से, तीन कम्पनीको कारोबार सर्किट लेभलमा – Nepal Press

दोहोरो अंकले बढ्यो नेप्से, तीन कम्पनीको कारोबार सर्किट लेभलमा

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ ।

आज नेप्से परिसूचक २५.३१ अंकले बढेर २०९७.५५ बिन्दुमा कायम भएको छ । यस दिन बजारमा ८५ लाख ४ हजार ३७८ कित्ता सेयरको खरिदबिक्री हुँदा ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार ७७४ रुपैयाँको कारोबार भएको छ ।

आजको कारोबारमा शिभ श्रि हाइड्रोपावर, सीवाइसी लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर लिमीटेड कम्पनीको शेयर सकारात्मक सकिर्ट लेबलमा कारोबार भएका छन् ।

रावा एन्र्जि डेभलपमेन्ट लिमिटेडको शेयर नकारात्मक सकिर्ट लागेको छ । कारोबारका आधारमा सिभम सिमेन्टस ३३ करोड ९३ लाख ५१ हजार १०१ रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ । उपसमूहतर्फ दुई समूहबाहेक बाकि ११ वटाको सेयरमुल्य बढेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर