सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने सरकारको निर्णय (भिडिओ) – Nepal Press

सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने सरकारको निर्णय (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनपश्चात मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको छ । बैठकले दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

दाहालको निधनपछि सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको थियो । सीताको त्याग र योगदानप्रति आत्मसात् गर्दै नेपाली सेनाको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय भएको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनले भनिन्, ‘यस दुखद् घडीमा सम्माननीय प्रधानमन्त्रीज्यु, शोकसन्तप्त परिवारजन र शुभेच्छुकप्रति नेपाल सरकार हार्दिक समवेदना प्रकट गर्दछ । संवत २०२८ सालदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा आवद्ध रही समाज रुपान्तरणका लागि भएका सशस्त्र संघर्षलगायतका सबै खाले आन्दोलनहरुमा महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएकी स्वर्गीय दाहालको निष्ठा, त्याग र संर्घषमय जीवनका उदाहरणीय
पक्षलाई सबैले आत्मसात गर्नसक्नु उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास नेपाल सरकारको रहेको छ ।’

सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिएको छ । २ बजे पशुपतिमा अन्तिम संस्कार गर्ने तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर