प्रधानमन्त्री पत्नीको निधनप्रति रास्वपाद्वारा शोक व्यक्त – Nepal Press

प्रधानमन्त्री पत्नीको निधनप्रति रास्वपाद्वारा शोक व्यक्त

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधनप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले दुख व्यक्त गरेको छ।

रास्वपाका प्रवक्ता मुकुल ढकालले शोक वक्तव्य जारी गर्दै सीताको असामयिक निधन भएको खबरले मर्माहत र स्तब्ध बनाएको बताएका छन्।

वक्तव्यमा भनिएको छ, ‘यस दुःखद घडीमा सम्पूर्ण रास्वपा परिवार उहाँको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ। साथै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने हार्दिक कामना गर्दछौँ।’

यस्तै, पार्टी सभापति रवि लामिछानेले पनि दाहालको निधनप्रति दुःखद व्यक्त गरेका छन्।

माओवादी केन्द्रको पार्टी सल्लाहकारसमेत रहेकी सीताको आज बिहान निधन भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर