पेरिसडाँडाबाट सीताको अन्तिम बिदाई (तस्बिरहरू) – Nepal Press

पेरिसडाँडाबाट सीताको अन्तिम बिदाई (तस्बिरहरू)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी स्व. सीता दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिस डाँडामा राखिएको छ ।

बुधवार बिहान उपचारका क्रममा नर्भिक अस्पतालमा ८ः३३ बजे निधन भएको हो । उनलाई अन्तिम श्रद्धाञ्जली दिन राजनीतिक दलका नेताहरु, विशिष्ट व्यक्तित्वहरु पुगेका छन् । पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी)’ बाट पीडित दाहाल लामो समयदेखि बिरामी थिइन्।

आज भने हृदयाघात भएपछि बिहान ८ बजे अस्पताल पुर्‍याइएको थियो । आकस्मिक कक्षमा सीपीआर लगायतका विधिबाट उपचार गरिएको थियो । उनको पार्थिव शरीर श्रदाञ्जलीका लागि ११ देखि १ बजेसम्म पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा राखिने छ भने दिउँसो २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर