प्रभु बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई हाइड्रोलिक गाडी हस्तान्तरण – Nepal Press

प्रभु बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई हाइड्रोलिक गाडी हस्तान्तरण

काठमाडौं । प्रभु बैंकले पशुपति क्षेत्र विकास कोषलाई हाइड्रोलिक गाडी हस्तान्तरण गरेको छ ।

सोमबार सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हाइड्रोलिक गाडीको चाबी हस्तान्तरण गरेका हुन् ।

बैंकले गाडी फोहोर व्यवस्थापनका लागि कोषलाई दिएको हो भने गाडीको मूल्य १७ लाख रुपैयाँ रहेको बैंकले बताएको छ । हस्तान्तरण कार्यक्रममा सीईओ शेरचनले आगामी दिनमा पनि मन्त्रलय र पशुपति क्षेत्रविकास कोषसंग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर