नेपाली युवा उद्यमी मञ्च रुपन्देही सर्वोत्कृष्ट शाखा – Nepal Press

नेपाली युवा उद्यमी मञ्च रुपन्देही सर्वोत्कृष्ट शाखा

रुपन्देही । नेपाली युवा उद्यमी मञ्च रुपन्देही सर्वोत्कृष्ट च्याप्टरबाट सम्मानित भएको छ । देशभरका शाखाहरु मध्येबाट उत्कृष्ट कार्यसम्पादन वापत सर्वोत्कृष्ट शाखाको रुपमा सम्मानित भएको हो ।

नेपाली युवा उद्यमी मंचको १९ औं वार्षिक साधारणसभा तथा अधिवेशनमा नेपालभरका कुल १२ वटा च्याप्टरहरुमध्ये रुपन्देही च्याप्टरलाई सर्वोत्कृष्ट च्याप्टर २०२३ बाट सम्मान गरिएको हो ।

नेपाली युवा उद्यमी मंच रुपन्देही च्याप्टर २०२२–२३ अध्यक्ष निरज प्रसाद लाकौलले च्याप्टरको तर्फबाट अवार्ड ग्रहण गरेका थिए । उद्योगमन्त्री रमेश रिजाल, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालसहितले लाकौललाई सम्मानपत्र प्रदान गरेका थिए ।

देशभरबाट १२ वटा च्याप्टरहरुबाट करिब २ सय युवा उद्यमीहरु अधिवेशन तथा साधारण सभामा सहभागी भएका थिए । अधिवेशनबाट सहारा जोशीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *