सभामुख घिमिरेद्वारा सीताको निधनमा दुःख व्यक्त – Nepal Press

सभामुख घिमिरेद्वारा सीताको निधनमा दुःख व्यक्त

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवन सङ्गिनी सीताको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् ।

उनले आज एक शोक वक्तव्य जारी गर्दै दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

सभामुख घिमिरेले शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री पत्नी सीताको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर