यस्तो छ आज विदेशी मुद्राको विनिमय दर – Nepal Press

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिददर १६०रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रुपैयाँ ४९ पैसा र बिक्री दर १३२ रुपैयाँ ०९ पैसा तथा युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ ६९ पैसा र बिक्री दर १४५ रुपैयाँ ३५ पैसा कायम गरिएको छ ।

हिजो अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ ८१ पैसा र बिक्री दर १३२ रुपैयाँ ४१ पैसामा कारोबार भएको थियो । युरो एकको खरिद दर १४४ रुपैयाँ४२ पैसा र बिक्री दर १४५ रुपैयाँ ०८ पैसामा खरिदबिक्री हुन पुगेको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ७७ पैसा र बिक्री दर १७० रुपैयाँ ५४ पैसामा कारोबार गर्न अनुमति दिएको राष्ट्र बैंकले अस्ट्रेलियन डलर एकको खरिद दर ८७.६४ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.४ रुपैयाँ  तथा क्यानेडियन  डलर  एकको खरिददर ९९ रुपैयाँ ४ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५० पैसामा किनबेच गर्न सकिने जनाएको छ ।

जापनिज येन १० को खरिदमा ९ रुपैयाँ ३६ पैसार बिक्रीदर ९ रुपैयाँ ४१ पैसामा कारोबार हुँदा दक्षिण कोरिया वन १०० को खरिदमा १० रुपैयाँ १७ पैसा र बिक्रीदर  १० रुपैयाँ २२ पैसामा पाइने छ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०८ पैसा र बिक्री दर ३६ रुपैयाँ २४ पैसा कायम गरेको जनाएको राष्ट्र बैंकले  साउदी रियाल एकको खरिद दर ३५.५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.२१ रुपैयाँ तथा  मलेसियन  रिंगिट एकको  खरिद  दर २८.२३रुपैयाँ रहेको छ भने बिक्री दर २८.३६ रुपैयाँमा कारोबार गर्न सकिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर