एसईईका उत्कृष्ट विद्यार्थीहरुको पहिलो रोजाइ बन्दै जेभियर – Nepal Press

एसईईका उत्कृष्ट विद्यार्थीहरुको पहिलो रोजाइ बन्दै जेभियर

काठमाडौं । राजधानीस्थित जेभियर इन्टरनेशनल कलेज एसईईमा ‘ए प्लस’ ल्याएका विद्यार्थीहरुको पहिलो रोजाइ बनेको छ ।

रिभेरा इन्टरनेशनल एकेडेमीबाट एसईईमा ४ जीपीए ल्याएकी प्रगति पौडेलले प्लस-टु साइन्स पढ्न जेभियर कलेज रोजेकी छन् । ए-लेबल साइन्सतर्फको शैक्षिक कक्षाहरुबाट प्रभावित भई जेभियरलाई रोजको उनले बताइन् ।

उनी भन्छिन्, ‘जेभियर इन्टरनेशनल कलेजले ए-लेभलमा २ पटक विश्वटप गरिसकेको छ । विश्वका ठूल्ठूला विश्वविद्यालय र देशभित्रै रहेका इन्जिनियरिङ र मेडिकल कलेजहरुमा उत्कृष्ट नतिजा ल्याएको हुनाले जेभियर मेरो रोजाइमा परेको हो ।’

त्यस्तै लिबर्टी एकेडेमीबाट एसईईमै ए प्लस ल्याएका सम्पन्न ढकालले ए-लेभलकै लागि कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेज रोजेका छन् ।

राजधानीका विभिन्न कलेजहरुको वातावरणीय प्रभावले आफूलाई तान्न नसकेको ढकालले बताए । उनी भन्छन्, ‘काठमाडौंमा रहेका विभिन्न कलेजहरुमा गएर बुझ्दा त्यति कलेज मलाई मन परेन । तर, जेभियर कलेजको वातावरणदेखि लिएर शिक्षकहरुको व्यवहार तथा आफ्ना अग्रजहरुको रोजाइमा परेको कलेज भएकोले मेरो पनि रोजाइ जेभियर बन्न पुग्यो ।’

त्यसैगरी यसअघि एसईईमा ए प्लस ल्याएका जेशन गौतमले पनि उच्च शिक्षाका लागि जेभियर इन्टरनेशनल कलेज रोजिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर