गगन ‘छटपटाहट’भित्र देखिएको कांग्रेसको चित्र – Nepal Press
फरकमत

गगन ‘छटपटाहट’भित्र देखिएको कांग्रेसको चित्र

कांग्रेसमा नेतृत्वको जाम भएको थिएन भने राजनीतिमा कि त ‘रवि बालेन’ जन्मिने थिएनन्, कि रवि बालेन नै कांग्रेस हुन्थे

गगन थापा आज फेरि चर्चा र प्रश्नको घेरामा छन् । फरक यति हो, हिजो उनी विपक्षी दल र राजावादीका साइबर वारियरहरुबाट प्रहारको सामना गर्थे । आज त्यसको दायरा फराकिलो भएको छ ।

गगनलाई खेद्न आज परम्परागत विपक्षीभन्दा बढी नयाँ र स्वतन्त्रहरुको प्रतिस्पर्धा छ । उनीहरुलाई समेत माथ गर्दै कांग्रेसभित्रकै परम्परावादी तप्का (जसलाई अहिले संस्थापनको जामा लगाइएको छ) तन, मन र धन लगाएर दिलोज्यानले गगन भर्त्सनामा खटिएको छ ।
कहिले कुनै केन्द्रीय सदस्य फेसबुकबाट गगनविरुद्ध वार घोषणा गर्छिन/गर्छन् । कहिले पदाधिकारी तहकै नेता संसद भवनको बाहिर युट्युबरमार्फत ‘को हो गगन थापा ? के हैसियत छ त्यसको’ भन्ने टाइपबाट पाखुरा सुर्किराखेका देखिन्छन् ।

आखिर पार्टी र राज्यसत्ता दुवैको संस्थापनमा नरहेका गगनमाथि किन प्रश्न उठिरहेको छ ? देश र कांग्रेस बनाउने उनको हुटहुटीमाथि किन उपहास भइरहेको छ ? के गगन थापाले अब हामीसँग समय छैन, म वा मेरो पुस्ताको व्यक्ति प्रधानमन्त्री बनेर केही गर्नै पर्नेछ भन्नु नै उनको अपराध हो ?

आज यसबारे चर्चा गरौं ।

देउवाका प्रतिस्पर्धी- गिरिजादेखि गगनसम्म

पार्टीको वैचारिक तथा सांगठनिक पुनर्जागरण तथा रुपान्तरणका माध्यमबाट जनतालाई भविष्यको आशाको सन्देश दिन सक्षम हुनुपर्ने नेपाली कांग्रेस यतिबेला आफैंभित्रको चुनौतीको पहाडले थिचिएको छ । भ्रष्टाचार तथा अनियमितताजन्य विषयवस्तुमा पार्टीको उपल्लो तहसम्म प्रत्यक्ष/परोक्ष रुपमा जोडिन पुगेको कारण पनि पार्टीले यतिबेला कुनै पनि योजना साहसिक रुपमा अगाडि सार्न सकेको छैन ।

पार्टी र राज्यसत्ता दुवैको संस्थापनमा नरहेका गगनमाथि किन प्रश्न उठिरहेको छ ? देश र कांग्रेस बनाउने उनको हुटहुटीमाथि किन उपहास भइरहेको छ ? के गगन थापाले अब हामीसँग समय छैन, म वा मेरो पुस्ताको व्यक्ति प्रधानमन्त्री बनेर केही गर्नै पर्नेछ भन्नु नै उनको अपराध हो ?

प्रभावकारी मन्त्रालय लिएर पार्टी सरकारमा पुग्दासमेत पार्टीले सुनौलो भविष्य साकार पार्ने योजना र साहस देखाउन सक्दामात्र भोलिको चुनौतीको सामना गर्नसक्ने हो ।

तर, कांग्रेस पार्टीमा देखिएको ‘नेतृत्व जाम’ले बद्लिएको राजनीतिक र सामाजिक परिवेशमा न नयाँ सपनाको खोजी गर्न सक्यो न त उत्प्रेरणाको नवीन स्रोत नै पहिल्याउन सक्यो । पहिल्यायो त केवल सत्ता प्राप्तिको माखेसाङ्लो । यही माखेसाङ्लोको ‘चक्रव्यूह’मा आज पार्टी नराम्रोसँग रुमल्लिन पुगेको छ ।

साथ कत्तिको पाउँछन्, त्यो पूर्वानुमान लगाउन कठिन छ । तर, कांग्रेस पार्टीको ‘नेतृत्व परिवर्तन’को एजेण्डामा भने ‘विद्रोही चेत’ राखेरै ‘तीतो-तातो र खुला’ रचनात्मक विद्रोहको बहसमा उत्रिएका छन्- गगन थापा ।

हुन त महामन्त्री थापामाथि संसदीय दलको नेतामा पराजित, राष्ट्रिय राजनीतिमा ‘रवि-बालेन’ आदिको उदय र शेरबहादुर देउवा, शेखर कोइरालाबीच ‘लय’ मिलेकैले उनीभित्र ‘छटपटाहट’ देखिन पुगेको आरोप लगाउनेहरुको पनि कमी छैन ।

तर, उनका अभिव्यक्तिको पृष्ठभूमिमा गएर विश्लेषण गर्ने हो भने उल्लेखित विषयवस्तुले भन्दा पनि ‘भविष्यको आशाको सन्देश’ले उनीलाई दबाब दिएको बुझ्न कठिन छैन । किनकि पचपन्न वर्षमै सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा ‘नेता गगन’ले यसअघि नै गरिसकेका छन् ।

हुन पनि कांग्रेसमा नेतृत्व हस्तान्तरणको विषय नराम्रोसँग जाम हुन पुग्यो । गिरिजाप्रसाद कोइराला र सुशील कोइरालासँग संसदीय दलमा निर्वाचन लडिसकेका शेरबहादुर देउवा युवा पुस्ताका नेता ‘गगन’सँग पनि चुनाव लडिराखेका छन् । अझ, उदेकलाग्दो कुरा आफूलाई कांग्रेस रुपान्तरणसहित पुस्तान्तरणमा लैजानुपर्छ भन्ने युवा नेताहरुले समेत उनै देउवालाई संसदीय दलमा लामबद्ध हुँदै भोट हालेर उल्टै फोटोसमेत खिचाएर पेस गर्दैछन् ।

देउवालाई संगठित रुपमा चुनौती दिन नसक्नु एकातिर र अर्कातिर देउवाले गरेका कार्यसम्पादन पनि ठीक छ भनेर सार्वजनिक रुपमा भन्न नसक्नु ‘गगन, विश्व, प्रदीप’बाहेक आमकांग्रेसको एउटा प्रवृत्ति नै बनेको छ ।

कांग्रेसले गगन रोज्ने कि रवि-बालेन ?

हार्ने थाहा हुँदाहुँदै पनि तेह्रौं महाधिवेशनमा महामन्त्री लडेर चुनौतीलाई स्वीकार गर्न तयार आजका महामन्त्री ‘गगन’ माथि ‘पार्टी ठीक ढंगले सञ्चालन भएन’ भनेर किन बोलेको भन्दै उल्टै केन्द्रीय समितिमा कटाक्ष गर्दै एक्लै बनाइने खतरा जीवित नै छ ।

गिरिजाप्रसाद कोइराला र सुशील कोइरालासँग संसदीय दलमा निर्वाचन लडिसकेका शेरबहादुर देउवा युवा पुस्ताका नेता ‘गगन’सँग पनि चुनाव लडिराखेका छन् । अझ, उदेकलाग्दो कुरा आफूलाई कांग्रेस रुपान्तरणसहित पुस्तान्तरणमा लैजानुपर्छ भन्ने युवा नेताहरुले समेत उनै देउवालाई संसदीय दलमा लामबद्ध हुँदै भोट हालेर उल्टै फोटोसमेत खिचाएर पेस गर्दैछन् ।

तथापि २०७९ को निर्वाचन सम्पन्नपश्चात तिनै देउवासँग संसदीय दलमा प्रतिस्पर्धाका लागि ‘चुनौती’ दिएर आफूलाई ‘वैकल्पिक प्रधानमन्त्री’का रुपमा उभ्याएका छन् महामन्त्री थापाले ।

कांग्रेस महामन्त्री थापाभित्र उनका अभिव्यक्तिबाट उनीमा व्यापक छटपटाहट देखिन्छ । एउटा कोणबाट उनको छटपटाहटलाई अस्वाभाविक हो कि भनेर प्रश्न गर्दा यदि गगनले समयको वेग बुझेर पार्टीमा पार्टी सभापति र संसदीय दलको नेतृत्व परिवर्तनको अभियानको थालनी नगर्ने हो भने भोलिको संसदीय राजनीतिको केन्द्र भागमा ‘रवि र बालेन’ पुग्ने निश्चित प्रायः देखिन्छ ।

यहाँ रवि र बालेनले संसदीय राजनीतिको केद्र भागमा आफूलाई उभ्याउनु हुँदैन भन्ने तर्क अगाडि सार्न खोजिएको नभई भोलिको नेपाली कांग्रेसको स्थान चाहिँ कहाँ भन्ने प्रश्न उठाउन खोजिएको हो । किनकि कांग्रेसमा नेतृत्वको जाम भएको थिएन भने नेपाली राजनीतिमा कि ‘रवि-बालेन’को जन्म हुने थिएन कि त ‘रवि-बालेन’ नै कांग्रेसमा हुने थिए ।

नेपाली राजनीतिका उत्साही पुस्ताका प्रतिनिधि पात्र ‘गगन’ न सभापति देउवासँग न त आफ्नै समूहका नेता डा. शेखर, कोहीसँग पनि डराएका देखिन्नन् । सोसाइटीमा देखापरेको ‘राजनीतिक हलचल’ बुझेकैले उनले निराशा चिर्न रचनात्मक विद्रोहयुक्त आक्रोशपूर्ण अभिव्यक्ति सार्वजनिक गर्ने ‘स्केल’ बढाएका हुन् ।

पुराना दलका पुराना नेतासँग आममानिस रिसाएका मात्र नभई उनीहरुप्रति आममानिसको भरोसासमेत टुटेको छ । मूलधारका राजनीतिक दलहरुमा त पूर्वप्रधानमन्त्रीहरुको लर्काे नै छ । तर, जनताका एजेण्डामा यी पार्टीहरुका शीर्ष नेताले आफूलाई जोड्न भने सकेनन् । सोही कारण कांग्रेस पार्टीको हकमा त नेतृत्व परिवर्तनको विषयमा ‘गगन’ले आवाज नै मुखरित गरे ।

सत्ता गठबन्धन भत्किएर एमालेसहितको नयाँ गठबन्धन बने पनि, मुलुकले मध्यावधिको बाटो समाए पनि जुनै मूल्यमा पनि कांग्रेसले नेतृत्व अर्थात ‘पार्टी सभापति र संसदीय दलको नेता’ परिवर्तन गर्न सक्दामात्र नेपाली कांग्रेस दक्षिणी मुलुक भारतको कांग्रेस आई बन्नबाट जोगिन सक्छ ।

आफैं नेतृत्वमा पुग्ने लालसाले मात्रै गगनले पार्टी नेतृत्वप्रति कटाक्ष गरेको देखिँदैन । किनकि एक सभामा उनले भने ‘नेतृत्व परिवर्तनको सवालमा म कांग्रेस पार्टीको साधारण सदस्यमात्रै भएर बस्न पनि तयार छु’ । हुन पनि देउवा नेतृत्वको कांग्रेसमा नयाँको आकर्षण पनि बन्द भएको छ भने पार्टीमा रहेकाले पनि धमाधम पार्टी छाड्दैछन् ।

देउवाले यस्ता कदम चाले के होला ?

तसर्थ, सत्ता गठबन्धन कायमै रहे पनि, सत्ता गठबन्धन भत्किएर एमालेसहितको नयाँ गठबन्धन बने पनि, मुलुकले मध्यावधिको बाटो समाए पनि जुनै मूल्यमा पनि कांग्रेसले नेतृत्व अर्थात ‘पार्टी सभापति र संसदीय दलको नेता’ परिवर्तन गर्न सक्दामात्र नेपाली कांग्रेस दक्षिणी मुलुक भारतको कांग्रेस आई बन्नबाट जोगिन सक्छ ।

आजकै गठबन्धन कायम रहे र गठबन्धनबीच गरिएको भनिएको सम्झौता अक्षरसः पालना भए २०८२ सालमा देउवा प्रधानमन्त्री बन्नेछन् । २०८३ सालमा कांग्रेसको महाधिवेशन हुँदा उनले कांग्रेसभित्रका मतदाता प्रभावित पारेर कस्तो नेतृत्व ल्याउलान्, जगजाहेर नै छ ।

दोस्रो कुरा, उनैको अनुहार हेरेर २०८४ सालको आमनिर्वाचनमा कांग्रेसलाई भोट दिने जनता कति होलान् ? देउवाकै ‘लिडरसिप’ हेरेर कांग्रेसलाई भोट दिनुस् भनेर तथा चुनाव लड्न जनताका बीच कांग्रेसका नेता जानसक्ने परिस्थिति रहला, नरहला भन्ने अवस्था कांग्रेस नेतृत्वका सामू पहाड भएर उभिनेछ ।

पार्टी विधानले देउवालाई अब पार्टी सभापति लड्न रोके पनि पार्टीको महाधिवेशन नै रोकेर संसदीय निर्वाचनको टिकट उनैद्वारा वितरण गरियो भने कांग्रेसको अवस्था के होला ? सँगै पार्टीको महाधिवेशन नगराई निर्वाचनमा कांग्रेस जाने परिस्थिति पार्टी संस्थापन पक्षले निर्माण गर्‍यो भने कांग्रेसको हालत के होला जस्ता विषयवस्तुकै कारण ‘गगन’मा ‘छटपटाहट’ देखापरेको बुझ्न कठिन छैन ।

विधानले देउवालाई अब पार्टी सभापति लड्न रोके पनि पार्टीको महाधिवेशन नै रोकेर संसदीय निर्वाचनको टिकट उनैद्वारा वितरण गरियो भने कांग्रेसको अवस्था के होला ? सँगै पार्टीको महाधिवेशन नगराई निर्वाचनमा कांग्रेस जाने परिस्थिति पार्टी संस्थापन पक्षले निर्माण गर्‍यो भने कांग्रेसको हालत के होला जस्ता विषयवस्तुकै कारण ‘गगन’मा ‘छटपटाहट’ देखापरेको बुझ्न कठिन छैन ।

तर, यहीनेर गम्भीर प्रश्न उठ्छ- गगनमा झैं ‘छटपटाहट’ अन्य युवा नेतामा किन देखापरेन ? गठबन्धन टुटे टुटोस्, कांग्रेसभित्रको ‘लिडरसिप’ बदल्नुपर्दछ भन्ने आँट प्रस्तुत गर्न नसक्नुका पछाडि कांग्रेसका कथित युवा नेतामा ‘लोभ र मोह’ले दरिलो डेरा जमाएको देखिन्छ ।

हुन त गगनमाथि पनि ‘कोही नेतासँग पनि’ लामो एकता गरेर अघि बढ्न नचाहेको वा नसकेको आरोप छ । कांग्रेसभित्रको आक्षेप झैं उनीभित्रको निजी महत्वाकांक्षाले उनीमा यो प्रकारको ‘छटपटाहट’ हो या निश्चित उमेर र कालखण्डमै केही गरिछाड्ने ‘दृढ संकल्प’ भन्ने कोणबाट पनि विश्लेषण गरिँदा उनीमाथि समेत न्याय हुनेछ ।

यी दुई कोणबाट विश्लेषण गर्दा राजनीति गर्ने व्यक्तिमा निजी स्वार्थ त भैहाल्छ । तर, उनीभित्रको ‘हुटहुटी र छटपटाहट’ दुबै हेर्दा आजको मितिको देश र देशभित्र विकसित घटनाक्रमसँगै मूलधारका दलप्रति निर्माण हुँदै गएको ‘विपरीत जनमत’ हेर्दा निश्चित कालखण्डमा केही गरेर देखाउने चाहनाले नै उनीभित्र ‘छटपटाहट’ देखिन्छ । सोही कारण रचनात्मक विद्रोहकै लागि आक्रोशयुक्त ‘तीतो र तातो’ अभिव्यक्ति सार्वजनिक गर्दै गरेको निष्कर्ष निकाल्न कठिन छैन ।

निजी ‘छटपटाहट’ले मात्र देशको ‘चित्र परिवर्तन’ कति सम्भव होला ? सँगै नेपाल जस्तो देशमा पर्ने भूराजनीतिक प्रभावमा ‘गगन’ले आफूलाई कहाँनिर उभ्याउँछन् भनेर पनि हेरिनुपर्दछ । घरेलु परिस्थिति, भूराजनीतिक प्रभाव र एउटा राजनेतामा हुनुपर्ने दृढ संकल्प आदिको संयोजनले मात्र देशको चित्र बदल्न सम्भव छ । यी विषयमा उनले आफूलाई ‘कसरी र कहाँ’ उभ्याउँदै लैजान्छन्, त्यसैमा उनीभित्रको ‘छटपटाहट’ले एउटा आकार लिनेमा दुई मत नरहला । तर, कांग्रेसकै हकमा भने उमेर र विचारले शिथिल तथा परिवर्तनकारी सोचमा कमी हुँदै गएकाहरु एकै थलोमा जम्मा हुने र पार्टी तथा देशकै राजनीतिलाई प्रभावित बनाउँदै यथास्थितिबाट अगाडि जानै नदिने प्रवृत्ति देखापर्दै गएको छ ।

यो प्रवृत्तिलाई चिर्न पार्टीका केन्द्रदेखि तल्लो तहसम्मको जनमत जुटाउन कति काबिल बन्छन् ‘गगन’ भन्ने कुराले कांग्रेस र देशकै राजनीतिमा ‘बद्लाव’ ल्याउने कुरा जोडिन पुग्दछ । यदि उनले नेतृत्व गरेको युवा पुस्ता यी सवालमा चुक्न पुगे देशमा पुनः एउटा आन्दोलनको ‘ज्वारभाटा’ निम्तिनेछ । त्यतिबेला जबरजस्त रुपमा निम्तिने उक्त ज्वारभाटाले नेपालको राजनीतिलाई कता लैजाला आजै अनुमान लगाउन कठीन हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *