सुदूरपश्चिम सभामा नागरिक उन्मुक्तिले भन्यो- यथास्थितिमा बजेट समर्थन गर्न सकिँदैन संशोधन होस् – Nepal Press

सुदूरपश्चिम सभामा नागरिक उन्मुक्तिले भन्यो- यथास्थितिमा बजेट समर्थन गर्न सकिँदैन संशोधन होस्

कैलाली । सुदूरपश्चिम प्रदेशमा बजेट माथिको छलफलमा भाग लिनै नागरिक उन्मुक्ति पार्टीले यथास्थितिमा बजेट समर्थन गर्न नसकिने जनाएको छ ।

नागरिक उन्मुक्ति पार्टीका सांसद कैलाश चौधरीले यथास्थितिमा बजेट समर्थन गर्न नसकिने भन्दै संशोधन गर्न माग गरे । उनले बजेट विभेदपूर्ण रहेको समेत आरोप लगाए ।

‘सरकारले सोचे अनुसारको बजेट ल्याउन सकेन । यो बजेट एकदमै विभेदपूर्ण बजेट छ । यथास्थितिमा समर्थन गर्न सक्ने अवस्था छैन’ उनले भने ‘पुन संशोधनमा जाओस् भन्ने सभामुख मार्फत मुख्यमन्त्री समक्ष पुराउन चाहन्छु ।’

उनले आफ्नो केही क्षेत्र र मुख्यमन्त्री कमल बहादुर शाहको क्षेत्र एउटै पालिका भित्र रहेको भन्दै त्यहाँ बजेटमा चरम विभेद भएको बताए । उनले बजेटका शीर्षकहरू समेत संशोधन गर्न आवश्यक रहेको टिप्पणी गरे ।

उनले भने, ‘भजनीमा सबै भन्दा धेरै चैते धान हुन्छ बजेटमा कैलाली गाउँपालिकामा भनिएको छ त्यस्तो बिषय संशोधन गर्नुपर्छ ।’

जोशीपुर, भजनीका थुप्रै समस्या बताउँदा पनि सरकारले सम्बोधन नगरेको उनको गुनासो थियो । डल्फिन संरक्षणका लागि बजेट विनियोजन नगरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

चौधरीले संशोधन नहुँदा सम्म यथास्थितिमा बजेट पारित गर्न नसकिने बताएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर