वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अरुण सायमी अब केएमसीमा आबद्ध – Nepal Press

वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अरुण सायमी अब केएमसीमा आबद्ध

काठमाडौं । मुटुरोग विशेषज्ञ प्राध्यापक डाक्टर अरुण सायमी सरकारी सेवाबाट अवकाश पाएसँगै काठमाडौं मेडिकल कलेजमा आबद्ध भएका छन् ।

नेपालमा मुटुरोगका वरिष्ठ सर्जन डा.सायमी तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको निजी चिकित्सक थिए भने केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला पनि निजी चिकित्सक टीमको नेतृत्वमा थिए ।

गंगालाल हृदय केन्द्रका संस्थापक अध्यक्ष रहेका डा.सायमी साउन १ देखि केएमसीमा आबद्ध हुने महाप्रबन्धक नारायण दाहालले जानकारी दिए ।

डा. सायमी केएमसीमा आबद्ध भएपछि मुटु रोगको थप विशेषज्ञ सेवा थालिने उनले बताए । उनले ४ दशकसम्म त्रिवि अन्तर्गत चिकित्सा शिक्षा अध्यापन गरेका थिए ।

केएमसीको नेतृत्व डा.सुनिल कुमार शर्माले सम्हालेपछि सबै क्षेत्रका विशेषज्ञको सेवा एकै ठाउँमा प्रदान गर्न थालिएको छ । हाल प्रतिनिधि सभा सदस्य निर्वाचित भएपछि शर्माले स्वास्थ्यलाई सामाजिक सेवामा प्रयोग गर्ने बताउँदै आएका छन् ।

वरिष्ठ चिकित्सकसँगै नविनतम स्वास्थ्य प्राविधिहरु भत्र्याएर सेवामा विविधता थपिएको कार्यकारी अध्यक्ष सोयना शर्माले बताइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर