सुदूरपश्चिमको बजेटमा एमालेको टिप्पणी- नीतिगतभन्दा नेतागत बजेट आयो – Nepal Press

सुदूरपश्चिमको बजेटमा एमालेको टिप्पणी- नीतिगतभन्दा नेतागत बजेट आयो

कैलाली । सुदूरपश्चिम सरकारले असार १ गते ल्याएको आगामी आर्थिक वर्षको बजेटमा अहिले प्रदेशसभा बैठकमा छलफल भइरहेको छ । छलफलको क्रममा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बजेट स्वार्थमुखी भएको टिप्पणी गरे । उनले सांसद विकास कोष लागू गरेर जनविरोधी काम गरेको आरोप लगाए ।

रावलले भने, ‘यो बजेटले देश र प्रदेशको जीवन रक्षा गर्न सक्दैन । सरकारले नीतिगतभन्दा पनि नेतागत बजेट ल्यायो । ’

उनले सत्ता गठबन्धनले कुनै प्रगति गर्न नसकेको र बजेटले थप निराशा पैदा गरेको जिकिर गरे । भूकम्पपीडितहरूको समस्या सम्बोधन गर्न नसकेको, भूमिहीन, सुकुमबासी गरिब जनताको समस्यामा सम्बोधनमा सरकार मौन रहेको उनले आरोप लगाए । निवर्तमान मुख्यमन्त्रीसमेत रहेका रावलले प्रदेशको समृद्धि र विकासका लागि बजेट बाधक रहेको बताए ।

सरकारले कृषिमा आत्मनिर्भर गराउने नारा लिए पनि त्यो अनुसारको बजेट विनियोजन गर्न नसकेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर