हेलिकप्टर दुर्घटनामा मृत्यु भएका ६ जनाकै शव भेटियो, काठमाडौं ल्याइँदै – Nepal Press

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका ६ जनाकै शव भेटियो, काठमाडौं ल्याइँदै

काठमाडौं । सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । पाइलट चेत गुरुङ र अन्य ३ जनाको शव हेलिकप्टरमा राखिएको छ । अन्य दुईजनाको शव संकलन गरेर उद्धारमा गएको हेलिकप्टरसम्म ल्याउन केही समय लाग्ने भएकाले मौसम खराबी भए चारजनाको मात्र शव ल्याउने तयारी भइरहेको बताइएको छ ।

दुर्घटनास्थलको मौसम प्रतिकूल भएका कारण नजिकै भकान्जे भन्ने स्थानमा उद्धारका लागि पुगेका दुई हेलिकप्टर अवतरण गरिएको छ ।

नागरिक उड्डयन प्राधिकरणका त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार ६ जनाकै शव भेटिएको छ । अहिले शवहरु संकलन गरी काठमाडौं ल्याउन लागिएको उनको भनाइ थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर