मधेशका मुख्यमन्त्रीले भने- बजेट रकमान्तर र अनुदानको विषयमा छानबिन गर्न विशेष समिति बनाउँछु – Nepal Press

मधेशका मुख्यमन्त्रीले भने- बजेट रकमान्तर र अनुदानको विषयमा छानबिन गर्न विशेष समिति बनाउँछु

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले बजेट रकमान्तर र पालिकाहरुलाई पठाएको अनुदानमा भ्रष्टाचार भएको आरोप लागेको विषयमा छानबिन गर्न विशेष छानबिन समिति बन्ने घोषणा गरेका छन् ।

आजको प्रदेशसभा बैठकको सुरुमै विशेष समय लिएर बोल्दै मुख्यमन्त्री यादवले भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रतिवद्धता दोहोर्याउँदै रकमान्तर र पालिकाहरुलाई पठाएको अनुदानमा असन्तुष्टि व्यक्त गरेकाले विशेष छानबिन समिति बनाउने घोषणा गरे । उनले अगामी दिनमा बजेट तथा योजनाहरुको सञ्चालन परिचालनमा सांसदहरुको विशेष भूमिका रहने प्रतिवद्धता जनाए ।

‘योजनाको भुक्तानीमा कर्मचारीले कमिशन मागेको कुरा आएको छ’, मुख्यमन्त्री यादवले भने, ‘कर्मचारीको नाम प्रमाणसहित आउनुपर्छ । तुरन्त कारबाही गर्छु ।’ उनले विगतका वर्ष जस्तो यसवर्ष योजनाको भुक्तानी गर्न बाँकी नरहेको जानकारी पनि गराए ।

प्रदेशसभाका प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री सञ्जय कुमार यादव विभिन्न मन्त्रालयबाट करिब ७० करोड रुपैयाँ रकमान्तर गरी सर्लाही लगेको र सशर्त बजेट मनपरी ढंगले कमिशन लिएर पालिकाहरुमा पठाएको आरोप लगाउँदै आएको छ ।

रकमान्तार र पालिकालाई पठाएको अनुदानमा भ्रष्टाचारको आरोप लगाउँदै एमालेका साँसदहरु प्रदेशसभा बैठक समेत अवरुद्ध गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर