ओलीको टिप्पणी- भ्रष्टहरुले नै भ्रष्टाचारविरोधी अभियान भनेर स्टण्टबाजी गर्दैछन् – Nepal Press

ओलीको टिप्पणी- भ्रष्टहरुले नै भ्रष्टाचारविरोधी अभियान भनेर स्टण्टबाजी गर्दैछन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले भ्रष्टाचारविरोधी अभियान भनेर तमासा गरेको आरोप लगाएका छन् ।

पार्टीको बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै उनले सरकारको स्टन्टबाजीमात्रै भएको टिप्पणी गरे ।

अध्यक्ष ओलीले भने, ‘यो जनतालाई भ्रम दिएर वाहवाही लुट्ने षड्यन्त्रमात्रै हो । यसबाट केही हुनेवाला छैन । जहाँ ताक्न खोज्या, त्यहाँ लाग्नेवाला छैन । यिनिहरुले के गर्छन् ? यिनीहरुले भकुण्डो भित्तामा हान्छन् फर्केर आफ्नै टाउकोमा लाग्छ । जो भ्रष्ट तत्व छन्, तिनै तत्वहरुले भ्रष्टाचारविरोधी भनेर अभिनय गरिरहेका छन् ।’

उनले राष्ट्रिय राजनीतिमा फिल्म हेरे जस्तो अभिनयमात्रै भइरहेको टिप्पणी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर