सबै मिलेर सिध्याउन खोज्दा पनि एमाले चक्रव्यूह तोडेर लोकप्रिय मतमा पहिलो पार्टी बन्यो : ओली (भिडिओ) – Nepal Press

सबै मिलेर सिध्याउन खोज्दा पनि एमाले चक्रव्यूह तोडेर लोकप्रिय मतमा पहिलो पार्टी बन्यो : ओली (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै मिलेर सिध्याउन खोज्दा पनि एमाले चक्रव्यूह तोडेर लोकप्रिय मतमा पहिलो पार्टी बनेको दाबी गरेका छन् ।

बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै उनले एमालेलाई सिध्याउँछु भनेर लाग्नेहरु आफै असफल हुने बताए ।

उनले भने, ‘हामीले निरंकुश राजतन्त्र देख्यौं । कांग्रेसको बैशको दमनचक्र देख्यौं । यस पार्टीलाई सिध्याउन भनेर देखाइएको जनयुद्ध देख्यौं । हाम्रा विरुद्ध चौतर्फी धेराबन्दी र आक्रमण देख्यौं । अहिले सबै सबैलाई पराजित गरेर यहाँ आइपुगेको छौं ।’

उनले शासन फालियो लोकतन्त्र आएपछि कांग्रेस सरकारमा पुग्नेबित्तिकै कम्युनिष्ट पार्टीमाथि प्रतिबद्ध लगाएको स्मरण गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर