एनआरएनए एनसीसी अमेरिकाको बोर्ड अफ डायरेक्टरमा अर्यालको उम्मेदवारी – Nepal Press

एनआरएनए एनसीसी अमेरिकाको बोर्ड अफ डायरेक्टरमा अर्यालको उम्मेदवारी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को बोर्ड अफ डाइरेक्टर पदका लागि सुभाष अर्यालले उम्मेदवारी घोषणा गरेका छन् । विगत १३ वर्षदेखि अमेरिकामा बसोबास गर्दै गरेका अर्यालले २०२३-२५ को कार्यकालका लागि उम्मेदवारी दिएका हुन् ।

सन् २०१० को फेब्रुअरीमा अमेरिका आएका अर्याल ८ वर्ष भर्जिनियामा बसोबास गरेर कामको सिलसिलामा सन् २०१८ मा सिकागो, इल्लिनोइसमा बसाइ सरेका थिए । विभिन्न संघसंस्थामा रहेर सक्रिय रुपमा सामाजिक सेवा गरिरहेका उनी विण्डी सिटी, शिकागोमा बसोबास गर्दै अब्राहम लिंकनको राज्य इल्लिनोइ एनआरएनए च्याप्टरको सन् २०२१-२०२३ सम्मको अवधिमा सचिवको भूमिका निर्वाह गरिरहेका छन् ।

अर्यालले आफ्नो उम्मेदवारीसँग तीनवटा नारा अघि सारेका छन् । उनको पहिलो नारा ‘सशक्त एकता, अँगाल्दै विविधताः जोड्दै नेपाली मनहरु’ रहेको छ । दोस्रो नारा ‘नेपालको लागि नेपालीः हुँदै एकजुट, बन्दै मजबुत’ तथा तेस्रो ‘दिगो विकासका लागि, नेपाली प्रवासीहरुको सशक्तीकरण’ रहेको छ ।

अर्याल भन्छन्, ‘यस यात्रामा तपाईंको समर्थन, तपाईंको विश्वास र तपाईंको साझेदारी खोज्छु । सँगै, हामी हाम्रो आवाजलाई विस्तार गर्न सक्छौं, सकारात्मक परिवर्तनलाई प्रभाव पार्न सक्छौं र संयुक्त राज्य अमेरिकामा एक बलियो, थप जीवन्त नेपाली समुदाय निर्माण गर्न सक्छौं ।’

सबैलाई लोकतान्त्रिक प्रक्रियामा संलग्न हुन र आफ्नो अमूल्य भोट हाल्न उनको आह्वान छ ।


प्रतिक्रिया

One thought on “एनआरएनए एनसीसी अमेरिकाको बोर्ड अफ डायरेक्टरमा अर्यालको उम्मेदवारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *