दलित समुदायमाथि भइरहेका विभेदका घटनाबारे राष्ट्रियसभा सदस्यद्वारा सरकारको ध्यानाकर्षण – Nepal Press

दलित समुदायमाथि भइरहेका विभेदका घटनाबारे राष्ट्रियसभा सदस्यद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । देशव्यापी रूपमा दलित समुदायमाथि भइरहेको विभेदका घटनामा बारे राष्ट्रिय सभा सदस्यको सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको मङ्गलवारको बैठकको शून्य समयमा बोल्दै प्रतिनिधि सभामा दलित समुदायबाट प्रतिनिधित्व गर्ने सांसदले दलित समुदायमाथि विभिन्न ठाउँमा भइरहेका विभेदका घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै कानूनी कारबाहीको माग पनि गरेका छन् ।

नेकपा (एकीकृत समाजवादी) का सांसद तुलप्रसाद विश्वकर्माले जुम्लाका मुकुन्द नेपालीको घरमा भएको आगजनीदेखि, दाङमा दलित समुदायका विद्यार्थी डेराबाट निकालिएको र बाँकेको बैजनाथ गाउँपालिकाका धनकली सुनारमाथि भएको विभेदको घटनाबारे सरकारको राष्ट्रिय सभामार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

शून्य समयमा बोल्दै विश्वकर्माले भने, ‘केहि दिन अगाडी जुम्लाका मुकुन्द नेपाली र बसन्तीदेवी बीचको प्रेम विवाहको विषयलाई लिएर केटीको दाइले मुकुन्द नेपालीको घरमा आगजनी गरेको कुरा आएको छ । त्यसैगरी दाङको घोराहीमा अध्ययनका लागि कोठा लिएर बसेका दुई जना दलित समुदायका विद्यार्थीलाई दलित भन्ने थाहा पाएपछि डेराबाट निकालिएको छ । त्यसैगरी बाँकेको बैजनाथ गाउँपालिकामा धनकली सुनारलाई छिमेकी भुवन बुढाले सामान्य विवादका क्रममा विभेदकारी शब्द प्रयोग गरेर हातपात गर्ने कार्य भएको छ । यस प्रकारका दलित समुदायमाथि देशव्यापी रूपमा भइरहेका दलित समुदायमाथिको विभेद र उत्पीडनका घटनाप्रति सरकारको ध्यान जावस र पीडित पक्षले अनुभूति गर्ने गरी सरकारले न्याय दिलाओस् भन्ने माग गर्दछु ।

नेकपा (माओवादी केन्द्र)का सांसद भुवनबहादुर सुनारले निजामती सेवामा समावेशी व्यवस्था गरिँदा अहिलेसम्म दुई प्रतिशत मात्रै दलित समुदायको सहभागिता भइरहँदा आरक्षण व्यवस्था पुनर्विचार गर्ने बहस भइरहेको प्रति दुख व्यक्त गरे ।

शून्य समयमा बोल्दै उनले भने, ‘समावेशी व्यवस्थाबाट निजामती सेवामा आरक्षणको व्यवस्था गरेपछि निजामती सेवामा बल्ल दुई प्रतिशत दलित समुदायको सहभागिता पुगेको छ । यो १३ प्रतिशत पुर्‍याइनुपर्छ । तर, समावेशी आयोग लगायतका निकायले यो आरक्षणको व्यवस्थालाई पुर्नमूल्यांकन गर्नुपर्छ भनेर कुतर्क गरिरहेका छन् । यस्ता दलित विरोधी आवाज सुन्नुपर्दा दुख लागिरहेको छ । सम्माननीय अध्यक्ष ज्यूमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर