मजदुरलाई मुक्का हानेर सडकमा घिसार्ने आयुष विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता (भिडिओ) – Nepal Press

मजदुरलाई मुक्का हानेर सडकमा घिसार्ने आयुष विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता (भिडिओ)

विराटनगर । विराटनगरको सडकमा एक जना साइकलमा सवार युवालाई मुक्काले हानेर लडाएपछि सडकमा घिसारेको भिडियो भाइरल बनेको छ ।

साइकल चालकले नहेरी बाटो काटेको झ्वाँकमा विराटनगर १९का आयुष भेटवालले मुक्काले हानेर लडाएपछि सडकमा दुवै खुट्टा समातेर तानेका थिए । घटना असार १९ गते साँझको भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीले बाटो काट्दा नहेरी बाटो काटेको रिसमा आयुषले बाटो काट्ने साइकलमा सवार विराटनगर ४ का पवन साहालाई कुटपिट गरेको जनाएको छ ।

‘पुरानो रिसीइवी र चिनजान केही पनि देखिएन’ मोरङ प्रहरीका प्रवक्ता रञ्जन कुमार दाहालले भने, ‘एयर फोन लगार हिँडेका साहाले हर्न बजाउँदा पनि नसेपछि भेटवालले मुक्का प्रहार गर्दै सडकमा लडेपछि घिसारेको बयानका क्रममा बताएका छन् ।’

अमानवीय तवरले कुटपिट गरेको अभियोगमा भेटवाल विरुद्ध जिल्ला प्रहरी कार्यालयले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ ।

घटना भएका बेला कारमा सवार अन्य दुई जना विरुद्ध पनि मुद्दा चलाइएको छ । तर उनीहरू फरार छन् ।

भेट्नुवाल कलेज पढ्ने विद्यार्थी हुन् । साहा भने ज्याला मजदुरी गर्दै आएका छन् ।

दाहालले भने, ‘यस अघि पुरानो भेटघाट र रिसीइवी भएको देखिन्न । नहेरी बाटो काटेको रिसमा भेटवालले कुटेपछि कारमा सवार अन्य दुई जनाले पनि कुटपिटमा सहयोग गरेको देखिएको छ ।’

भेटवाललाई घटना भएको १० घण्टापछि प्रहरीले घरैबाट नियन्त्रणमा लिइएको दाहालले बताए ।

यस्तो छ घटना

असारको १९ गते साँझ विराटनगर ४ का २७ बर्सिया पवन साहा साइकलमा धरान विराटनगर सडकको दूध फारम नजिक बाटो काट्दै थिए । उनको दुवै कानमा एयर फोन लगाएका छन् ।

आफ्नै सुरमा बाटो काट्दै गरेको साहा माथि एक जना युवाले कुद्दै आएर मुक्का प्रहार गर्छन् । अलि परतिर कार रोकिएको देखिन्छ । कारबाट ओर्लिएर आएका युवाले मुक्का प्रहारबाट साइकलमा सवार व्यक्ती सडकमा पछारिन्छन् ।

सडकमा पछारिएका साहाको दुवै खुट्टा समातेर मुक्का प्रहार गर्ने व्यक्तिले घिसार्छन् । साइकलमा सवार व्यक्तिको मुखबाट रगत बगेको देखिन्छ । कारबाट उत्रिएर आएका अर्का व्यक्तिले साइकल परतिर फाल्छन् ।


प्रतिक्रिया

One thought on “मजदुरलाई मुक्का हानेर सडकमा घिसार्ने आयुष विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता (भिडिओ)

  1. The vicitimwas driving in wrong way. You have intentionally missed to write this fact. I’m not condoning the behaviour but you’re trying to hide important fact.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर