सोलु लाम्जुरापासमा क्षतविक्षत् अवस्थामा भेटियो मनाङ एयरको हेलिकप्टर – Nepal Press

सोलु लाम्जुरापासमा क्षतविक्षत् अवस्थामा भेटियो मनाङ एयरको हेलिकप्टर

विराटनगर । लुक्लाबाट काठमाडौं फर्किएको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बु लिखु पिके गाउँपालिका वडा नम्बर ५ भक्कानेस्थित लाम्जुरापास चिहानडाँडामा भेटिएको छ ।

३६ सय ३४ मिटरको उचाइमा हेलिकप्टर दुर्घटना भएको ठाउँमा अहिले आगलागी भइरहेको छ । वडा नम्बर ५ का वडाध्यक्ष ङिमाछिरी लामाले हेलिकप्टर क्षतविक्षत अवस्थामा रहेको बताए । उनले दुर्घटनास्थलमा प्रहरी पुगिनसकेको जानकारी दिए ।

गाउँलेले अहिले घटनास्थलमा पुगी उद्धारमा जुटेका छन् । हेलिकप्टर र दुर्घटनास्थल हेर्दा हेलिकप्टरमा सवार यात्रुको जीवित उद्धारको सम्भावना कम रहेको उनको भनाइ छ ।

हेलिकप्टरमा ५ जना मेक्सिकन नागरिक र एकजना क्याप्टेन छ । सो सोलुखुम्बुको लाम्जुरापासमा यसअघि पनि यति एयरको हवाईजहाज दुर्घटना भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *