सात वर्ष अगाडि फेसबुकमा सेयर गरेको पोस्टले राजीनामा दिन बाध्य भए अमेरिकी मेयर – Nepal Press

सात वर्ष अगाडि फेसबुकमा सेयर गरेको पोस्टले राजीनामा दिन बाध्य भए अमेरिकी मेयर

काठमाडौं। सन २०१६ देखी सेयर गरेको केहि सामाजिक सञ्जाल फेसबुक पोस्टका कारण राजीनामा दिनु परेको छ । उनले सोमबार राजीनामा दिएका छन् ।

केहि व्यङ्ग्य कार्टुन र केहि रंगभेदी पोस्टहरू सेयर गरेकोमा अमेरिकाको ओरिगन राज्यको न्यूपोर्ट शहरका मेयर डिन सयेरले राजीनामा दिएका हुन् ।

सामाजिक सञ्जालमा उनले सेयर गरेका पोस्टहरूको बारेमा सामाजिक सञ्जाल देखी सडकमै विरोध प्रदर्शन हुन थालेपछि मेयरले राजीनामा दिएका हुन् । मेयरका ती भनाइको बारेमा सबैभन्दा सुरुमा ओरिगन ब्रोडकास्टिङ कर्पोरेसनले शुक्रवार सार्वजनिक गरेको थियो ।

उक्त रिपोर्ट अनुसार ३९ हजार भन्दा बढी सदस्य भएको सामाजिक सञ्जाल फेसबुक ग्रुमा मेयरले सात वर्ष अगाडि गरेका विवादित पोस्टहरू सार्वजनिक भएका थिए । महिला र लैङ्गिक अल्पसङ्ख्यकलाई पीडा बोध हुनेगर मेयरले त्यो समयमा पोस्ट गरेको पाइएको थियो ।

राजीनामाको सवालमा मेयरले भनेका छन्, ‘म माफी चाहन्छु । मेरा सबै भनाइहरू अभिव्यक्ति स्वतन्त्रता हुने खालका थिएनन् । मूर्ख मन्तव्य थिए । अहिले मलाई ज्ञान भएको छ कि मेरा कतिपय शब्द र कामले मैले माया र हेरचार गर्ने मान्छेहरूलाई नै दुखाएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर