नेटो सम्मेलनमा जो बाइडेन र जेलेन्स्की एक्ला-एक्लै भेट्दै – Nepal Press

नेटो सम्मेलनमा जो बाइडेन र जेलेन्स्की एक्ला-एक्लै भेट्दै

काठमाडौँ । लिथुआनियामा आजबाट सुरु भएको नेटो सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको भेट हुने भएको छ । भेट एक्ला एक्लै हुने भएको छ ।

दुई पक्षले सार्वजनिक रूपमा जानकारी नदिइए पनि मिडिया रिपोर्टहरूमा यस्ता खबर आएका छन् । दुई राष्ट्रपतिको भेटले एकताका संकेत गर्ने सिएनएनले उल्लेख गरेको छ ।

आजबाट लिथुआनियाको राजधानी भिल्नियमा सुरु भएको अमेरिकी तथा युरोपेली देशहरूको सैन्य संगठन नेटोको बैठक बस्दैछ ।

नेटो सदस्य ३१ देशमा युक्रेन पर्दैन तर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की आज र भोली हुने नेटो सम्मेलनमा सहभागी हुने भएका छन् ।

नेटो सदस्य बन्न प्रयत्नरत युक्रेनलाई तत्काल सदस्य दिन अमेरिका लगायतका देशहरू विपक्षमा छन् भने युक्रेन भने सदस्यता नदिइए पनि सुरक्षा प्रत्याभूति दिनुपर्ने मागमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर