गाजियाबादमा भयानक दुर्घटना, ६ जनाको मृत्यु – Nepal Press

गाजियाबादमा भयानक दुर्घटना, ६ जनाको मृत्यु

नयाँदिल्ली । उत्तर प्रदेशको गाजियाबाद जिल्लामा एउटा ठूलो सडक दुर्घटना भएको छ ।

स्कुल बस र कार एक आपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ । घटनास्थलमा पुगेको प्रहरीले शवलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

जानकारीका अनुसार मङ्गलवार बिहान विजय नगर थाना क्षेत्रको दिल्ली-मेरठ एक्सप्रेसवेमा रहेको ताज राजमार्गको फ्लाइओभरमा एउटा स्कूल बस र एउटा कार ठोक्किएको थियो। दुर्घटनामा ६ जनाको मृत्यु भएको समाचार छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर