जग्गा एकीकरण आयोजना सञ्चालनको २० वर्षपछि सडक खुल्यो – Nepal Press

जग्गा एकीकरण आयोजना सञ्चालनको २० वर्षपछि सडक खुल्यो

काठमाडौं । नेपाली सेनाको स्वयम्भू बारुद खाना (जर्मन क्वाटर) को कम्पाउण्ड भित्रबाट मूल सडकसँग जोडिने सडक खुला भएको छ ।

जग्गा एकीकरण आयोजना सञ्चालनको २० वर्षे अवधिमा सडक खुल्न सकेको थिएन ।

काठमाडौं महानगरका मेयर बालेन शाहले प्रधान सेनापतिसँग भेटेर नेपाली सेनाले हकभोग गरिरहेको जमिनबाट सडक खोल्नका लागि छलफल गरेका थिए । यसपछि सडक खोल्ने वातावरण तयार भएको थियो ।

अहिले क्वाटरको पूर्वतर्फ सिमानाको मूल सडकसँग जोडिने ६ मिटर र उत्तरतर्फ ३ मिटर चौडाइ भएको सडक खोलिएको आयोजना प्रमुख निर्मलराज बरालले जानकारी दिए ।

काठमाडौं महानगरपालिका वडा नं. १५ र १६ भित्रको पूर्वमा विष्णुमती नदी, पश्चिममा स्वयम्भू भगवान पाउ वनस्थली सडक, उत्तरमा बालाजु—वनस्थली चक्रपथ (ट्र्याक रोड) र दक्षिणमा स्वयम्भू—भगवान पाउ—विजेश्वरी हुँदै शोभा भगवती मन्दिरसम्म फैलिएको भूगोल आयोजना क्षेत्र हो । आयोजनाभित्र करिब १ हजार ३६९ रोपनी जग्गा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *