बीआरआई परियोजनाअन्तर्गत हालसम्म कुनै योजना अघि बढेको छैन: परराष्ट्रमन्त्री साउद (भिडिओ) – Nepal Press

बीआरआई परियोजनाअन्तर्गत हालसम्म कुनै योजना अघि बढेको छैन: परराष्ट्रमन्त्री साउद (भिडिओ)

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले हालसम्म बीआरआई परियोजनाअन्तर्गतका कुनै पनि कार्यक्रम नेपालमा सञ्चालन नभएको बताएका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबार बसेको बैठकमा उनले चीन सरकारसँग बीआरआईका लागि नेपालले २०१७ मा सम्झौता गरेको भए पनि त्यसपछि बीआरआईअन्तर्गत कुनै पनि योजना नेपालमा अघि नबढेको बताएका हुन् ।

तर, पछिल्लो समय चिनियाँ राजदूत छन सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजनाअन्तर्गतको भएको दाबी गर्दै आएपछि नेपालमा बहसको विषय बनेको थियो ।

बैठकमा समितिका सदस्यहरुले प्रश्न गरेसँगै मन्त्री साउदले बीआरआईअन्तर्गत हालसम्म कुनै योजना नेपालमा सुरु नभएको र कार्यान्वयनको सन्दर्भमा अहिले सरकार छलफलमा रहेको बताए ।

‘एमसीसी परियोजना आगामी अगस्ट महिनादेखि कार्यान्वयनको चरणमा जान्छ । कार्यान्वयनको चरणपछि ५ वर्षमा यो पूरा हुन्छ’, उनले भने, ‘बीआरआई सन् २०१७ मा नेपालले चीन सरकारसँग एमओयु गरिसकेको छ । यसपछि यसको कार्यान्वयनको सन्दर्भमा हामी थप छलफलको चरणमा छौं । यो कार्यक्रमअन्तर्गत कुनै पनि योजना नेपालमा सुरु भएको छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर