मूल्यवृद्धि ७.४१ बाट ६.८३ प्रतिशतमा झर्‍यो – Nepal Press

मूल्यवृद्धि ७.४१ बाट ६.८३ प्रतिशतमा झर्‍यो

काठमाडौं । चालू आर्थिक वर्षको जेठ मसान्तसम्म मूल्यवृद्धि २ प्रतिशतको हाराहारीमा घटेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको जेठ महिनामा मूल्यवृद्धि अर्थात् उपभोक्ता मुद्रास्फीति ७.४१ बाट घटेर ६.८३ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षमा भने मूल्यवृद्धि दर ८.५६ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको जेठ महिनामा मात्रै खाद्य तथा पेय पदार्थ समूहमा ५.६६ र गैर–खाद्य तथा सेवा समूहमा ७.७६ प्रतिशत मूल्यवृद्धि रहेको छ ।

यस्तै, खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको मूल्य सूचकाङ्क ३५.२९ प्रतिशत, रेस्टुरेन्ट तथा होटलको १४.३६, खाद्य तथा खाद्यजन्य पदार्थको १३.०६, दुग्ध पदार्थ तथा अण्डाको १०.९८ र सुर्तीजन्य पदार्थको ८.४९ प्रतिशतले बढेको छ । भने, घ्यू तथा तेल उप–समूहको मूल्य सूचकाङ्क १६.६० प्रतिशतले घटेको छ ।

चालू वर्षको जेठ महिनामा गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको मूल्य सूचकाङ्क १५.७५, शिक्षाको १०.५६, विविध वस्तु तथा सेवाहरूको ९.३३, घरायसी उपयोगका वस्तुहरूको ८.४१ र फर्निसिङ तथा घरायसी उपकरणहरूको ७.८३ प्रतिशतले बढेको छ ।

त्यस्तै, काठमाडौं उपत्यकामा ७.१९, तराईमा ६.९३, पहाडमा ६.२८ र हिमालमा ६.३९ प्रतिशत मूल्यवृद्धि अर्थात् मुद्रास्फीति रहेको छ । अघिल्लो वर्ष ०७९ को जेठ महिनामा भने क्रमशः काठमाडौं उपत्यकामा ८.३२, पहाडमा ८.२९, तराईमा ९.२८ र हिमालमा ८.९२ प्रतिशत मूल्यवृद्धि थियो ।

त्यसै गरी, चालू आर्थिक वर्षको जेठ महिनामा थोक मुद्रास्फीति भने ३.१० प्रतिशत रहेको छ । अघिल्लो वर्षमा थोक मुद्रास्फीति १४.७७ प्रतिशत रहेको थियो । भने, यस वर्ष उपभोग्य वस्तुको मूल्यवृद्धि १.०३, मध्यवर्ती वस्तुको ४.०९, पुँजीगत वस्तुको थोक ४.१५ र निर्माण सामग्रीको थोक मूल्यवृद्धि १.०४ प्रतिशत रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर