प्रधानमन्त्रीलाई योगेशको जवाफ- पारिवारिक पीडामा मजाक गरेका होइनौं तर, राष्ट्रलाई घात गर्ने छुट छैन – Nepal Press

प्रधानमन्त्रीलाई योगेशको जवाफ- पारिवारिक पीडामा मजाक गरेका होइनौं तर, राष्ट्रलाई घात गर्ने छुट छैन

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले भावनात्मक पक्षलाई अघि सारेर राष्ट्र र जनतालाई घात गर्ने छुट नभएको बताएका छन् ।

विवादास्पद अभिव्यक्तिबारे सदनमा जवाफ दिने क्रममा प्रितम सिंहबारे आफूले प्रधानमन्त्री नभएर ज्ञानुको बुबा बनेर बोलेको प्रचण्डले बताएपछि भट्टराईले यस्तो बताएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘छोरी ज्ञानु, छोरा प्रकाश र श्रीमती सीताका बारेमा पुष्पकमल दाहालले व्यहोरेको पीडा संवेदनशील छन् । उहाँका ती पीडामा साहस भर्न सिंगो सदन उहाँलाई साथ दिन तयार छ । तर, प्रधानमन्त्रीका रुपमा उहाँलाई भावनात्मक पक्षलाई अघि सारेर राष्ट्र र जनतालाई घात गर्ने छुट चैं छैन है ! हेक्का रहोस् ।’

उनले प्रचण्डको पारिवारिक पीडामा मजाक नगरेको बताए ।

भट्टराईले भनेका छन्, ‘देशको प्रधानमन्त्रीको अभिव्यक्ति र व्यवहारप्रति भने कठोर प्रश्न छन् ।’


प्रतिक्रिया

One thought on “प्रधानमन्त्रीलाई योगेशको जवाफ- पारिवारिक पीडामा मजाक गरेका होइनौं तर, राष्ट्रलाई घात गर्ने छुट छैन

  1. देश विरूद्व बोल्नेलाई कसरी एमालेले घुँडा टेकाउछ भनेर फेरि प्रमाणित भयो । दलाल र भारतले बुझ कि नेपाली जनता र एमाले भएसम्म नेपाल विरूद्व चु गर्नेलाई ठेगान लगाईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर