रवि लामिछाने र राजेन्द्र लिङ्देनको आक्रोश- सदनमा तीन दलमात्रै छैनन् (भिडिओ) – Nepal Press

रवि लामिछाने र राजेन्द्र लिङ्देनको आक्रोश- सदनमा तीन दलमात्रै छैनन् (भिडिओ)

काठमाडौं । प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन एकै स्वरले प्रस्तुत भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विवादित अभिव्यक्तिलाई लिएर तीन दलका कारण सदन अवरोध भएपछि उनीहरुले विरोध जनाएका हुन् ।

बैठकमा बोल्दै उनले तीन दलका शीर्ष नेताको मुडले सदन चल्छ ? भन्दै प्रश्न गरे । ‘यो संसद ३ दलले बन्धक बनाउन मिल्छ ? उनीहरुले जे गर्यो त्यही हो ? अरु माननीय चाहिँ केही होइन ? उनले भने ।

उनले रास्वपा पनि प्रतिपक्षको भूमिकामा रहेको उल्लेख गर्दै आफ्ना मुद्दाहरू रहेको बताए ।

उनले भने, ‘हामीमाथि प्रमुख प्रतिपक्षले जे बोल्यो, रास्वपाको भाष्य त्यही हो भन्ने किसिमको जालसाजीपूर्ण क्रियाकलाप भयो, यसमा हाम्रो आपत्ति छ। म यो कुरा सदनलाई स्मरण गराउन चाहान्छु ।’

उनले प्रधानमन्त्रीको भनाइप्रति आपत्ति जनाए ।

त्यस्तै, राप्रपाका अध्यक्ष लिङ्देनले पनि तीन दलको नेता बसेर गर्ने सबै निर्णय मान्य नहुने बताए । उनले भने, ‘संसद्मा केही दल मात्र छैनन् । तमाम दलहरू निर्णायक अवस्थामा छन् । ३ दलका ३ नेता बसेर सबै राजनीतिक विषयमा निर्णय गरे हाम्रा लागि मान्य हुन्न । कोही कसैको निर्णयको भारी बोकेर हिँड्न तयार छैन ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर