रवि लामिछाने भन्छन्- सदनमा हामीलाई बाइपास गरियो, हेक्का होस् हाम्रो आफ्नो मुद्दा छन् (भिडिओ) – Nepal Press

रवि लामिछाने भन्छन्- सदनमा हामीलाई बाइपास गरियो, हेक्का होस् हाम्रो आफ्नो मुद्दा छन् (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदमा आफूहरूलाई बाइपास गरेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रास्वपाका पनि आफ्नो मुद्दा भएको बताए।

उनले भने, ‘हामीलाई संसदमा दुई दिनअघि बाइपास गरेर आफ्नो कुरा राख्न दिइएन। हामी आपत्ति जनाउँछौँ। रास्वपा प्रतिपक्षी भूमिका छ। हामी स्वतन्त्र अस्तित्वका साथ आफ्नै र जनताको मुद्दाका लागि उभिएको छ। यो कुरा हेक्का होस्।’

उनले आफूहरूलाई बोल्न नदिएर प्रमुख प्रतिपक्षले बोलेको विषयलाई नै आफूहरूको भाष्य भनेर स्थापित गराउन खोजेको बताए।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति आपत्तिजनक भएको उल्लेख गर्दै स्पष्टीकरण दिन आग्रह गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर