डेंगुबाट बच्न के गर्ने ? अपनाउनुस् यी उपाय (भिडि‌ओ) – Nepal Press

डेंगुबाट बच्न के गर्ने ? अपनाउनुस् यी उपाय (भिडि‌ओ)

काठमाडौं । स्वास्थ्य सेवा विभागले डेंगी रोग नियन्त्रणका लागि सबैलाई आ-आफ्नो ठाउँबाट भुमिका खेल्न आग्रह गरेको छ ।

सोमबार डेंगी रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले डेंगी नियन्त्रणमा सबैको भुमिका महत्वपूर्ण हुने बताए ।

उनले विभागले डेंगी नियन्त्रणका लागि आवश्यक तयारी गरिराखेको भन्दै विभागको तयारी पर्याप्त नहुने बताए । उनले डेंगी नियन्त्रणका लागि घर भित्रैबाट काम गर्नुपर्ने बताए । उनले घरमा सरसफाईमा ध्यान दिने, पानी जम्ने खाल्डाखुल्डी नराख्ने तथा लामखुट्टेहरुको नष्ट गर्ने अभियान घर देखि नै सुरु गर्नुपर्ने बताए ।

उनले लामखुट्टेले रातमा मात्रै नभई दिनमा पनि टोक्ने भएकाले यसप्रति सजग हुनुपर्ने बताए । डेंगी रोगको सम्बन्धमा विद्यालयदेखि नै सिकाउनुपर्ने उनको भनाई छ । उनले पालिकाहरुमा डेंगी नियन्त्रणका लागि केही बजेट र आवश्यक कुराहरु समेत गएको उल्लेख गरे ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. विमल शर्मा चालिसेले करिव ८० प्रतिशत बिरामीहरुमा डेंगी लागेपनि कुनै लक्षण नदेखिने बताए । उनले करिब १०/१५ प्रतिशत बिरामीहरुमा सामान्य लक्षण मात्रै देखिने उल्लेख गरे । डेंगीको औषधि नभएको भन्दै उनले लक्षण अनुसारको उपचार गर्ने भएकाले यस रोगप्रति सचेत हुनुपर्ने उनले बताए । जमेको पानीलाई नष्ट गर्नुपर्नेमा उनले ध्यानाकर्षण समेत गराए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर