आरिफले नाम फिर्ता लिएपछि खुल्यो पवनको ढोका, राष्ट्रिय टीममा आफूलाई प्रुभ गर्ने मौका – Nepal Press

आरिफले नाम फिर्ता लिएपछि खुल्यो पवनको ढोका, राष्ट्रिय टीममा आफूलाई प्रुभ गर्ने मौका

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपबाट अनुभवि ब्याट्सम्यान आरिफ शेखले आफ्नो नाम फिर्ता लिएका छन् । क्रिकेट संघले उनको ठाउँमा युवा अलराउन्डर पवन सर्राफलाई समावेश गरेको छ ।

क्यान स्रोतका अनुसार आरिफले पारिवारिक समस्या देखाएर आफू इमिर्जङ कप खेल्न श्रीलंका जान नसक्ने जनाउ दिएका थिए । आरिफका भाइ आसिफ शेख भने टिममा यथावत छन् । परिवारमा कुनै समस्या आएकाले दाजुभाइ एकैसाथ श्रीलंका जान नमिलेको स्रोतले बताएको छ ।

आरिफको स्थानमा अवसर पाएका २२ वर्षिय सर्राफ एक आशालाग्दा खेलाडी हुन् । उनले विगतमा राष्ट्रिय टिममा मौका पाएर पनि त्यसको सदुपयोग गर्न चुकेका थिए । उनले ८ ओडीआइ खेल्दा ३१ रन मात्र जोडेका छन्, जसमा उच्च स्कोर १० (नटआउट)छ । यस्तै, टि–२० मा १७ खल खेल्दा १४५ रन जोडेका छन् । टि–२० मा उनको उच्च स्कोर नटआउट २७ रन छ ।

बलिङमा पनि उनको रेकर्ड उल्लेखनीय छैन । उनले ८ ओडीआइमा ४ विकेट र १७ टि–२० मा ३ विकेट लिएका छन् ।यी कमजोर आँकडाहरुले पवनको वास्तविक क्षमतालाई न्याय गर्दैनन् । ब्याटिङ र बलिङ दुवैमा उनी अब्बल प्रदर्शन गर्न सक्ने खुबी भएका खेलाडी हुन् । घरेलु क्रिकेटमा उनले धेरै उत्कृष्ट इनिङहरु खेलेका छन् । आरिफको स्थानमा उनले मौका पाउँदा नेपाली क्रिकेट फ्यानहरु खुशी हुनुको कारण उनमा रहेको पोटेन्सियल नै हो ।

आरिफको जस्ताको तस्तै रिप्लेसमेन्ट भने होइनन् पवन । उनीहरुको ब्याटिङ र बलिङ शैली भिन्न छ । आरिफ क्रिजमा टिकेर लामो पारी खेल्ने गर्छन् । सिंगल–डबलमा बढी फोकस गर्छन् । उनी नेपालको मध्यक्रमका भरपर्दा ब्याट्सम्यानका रुपमा स्थापित छन् ।

पवन भने आक्रमक शैलीका ब्याट्सम्यान हुन् । ठूला सटहरु खेल्न हिच्किचाउँदैनन् । पवन टपअर्डरदेखि तल्लो क्रमसम्म जहाँ पनि फिट हुन सक्छन् । यद्यपि, अन्तर्राष्ट्रिय स्तरमा उनले आफ्नो ब्याटिङ क्षमता देखाउन बाँकी छ ।

बलिङको कुरा गर्दा आरिफ मध्यम गतिका बलर हुन् भने पवन स्पिनर हुन् । पवनले पार्ट टाइम अफ ब्रेक नेपालका लागि बीचका ओभरहरुमा उपयोगी हुन सक्छ ।

त्यसो त स्क्वाडमा परे पनि पवनले प्लेइङ ११ मा स्थान बनाउन सक्ने निश्चित छैन । नेपालसँग टप अर्डरमा आसिफ शेख र कुशल भुर्तेलको जोडीसहित अर्जुन साउद, भिम सार्कीसमेत छन् । मध्यक्रममा कप्तान रोहित पौडेलसहित देव खनाल, कुशल मल्ल, सन्दीप जोरा, गुल्शन झा लगायतका ब्याट्सम्यान छन् । यस्तोमा पवन सर्राफले कतिवटा खेलमा मौका पाउलान् वा नपाउलान् भन्ने सकिने अवस्था छैन ।

पवनले सन् २०१९ को २५ जनवरीमा यूएइविरुद्धको एक दिवसीयमा डेब्यू गरेका थिए । यूएईविरुद्धको टि–२० अन्तर्राष्ट्रिय सिरिजमा पनि उनलाई नेपालको स्क्वाडमा राखिएको थियो । १ फेबु्रअरीमा उनले यूएईविरुद्ध टि–२० अन्तर्राष्ट्रियमा डेब्यू गरे ।

सोही वर्षको अप्रिलमा २०२० को अन्डर १९ विश्वकपका लागि एसिया छनोट प्रतियोगिता खेल्ने टोलीमा समावेश गरियो । सिंगापुर विरुद्धको ओपनिङ खेलमा उनले ५ रनको खर्चमा ३ विकेट लिएर प्लेयर अफ दि म्याच भएका थिए ।

२०१९ को जुनमा पवन २०१८–१८ आइसीसी टि–२० विश्वकप एसिया छनोट प्रतियोगिताको क्षेत्री फाइनलका लागि नेपालको स्क्वाडमा परे । उनले ६ नोभेम्बर २०१९ मा मेरिलेबोन क्रिकेट क्लव ९एमसीसी० विरुद्ध नेपालका लागि फस्र्ट क्लास डेब्यू गरे ।

त्यही महिना उनलाई बंगलादेशमा हुने २०१९ एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्ने नेपाली टोलीमा समावेश गरियो । यसैगरि, २०२९ साउद एसियन गेम्सको पुरुष क्रिकेट प्रतियोगिताका लागि पनि उनी छनोट भए । सो प्रतियोगितामा नेपालले कास्य पदक जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर