समाजवादको बाटो प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा सुरू भइसक्यो : मन्त्री किराती (भिडिओ) – Nepal Press

समाजवादको बाटो प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा सुरू भइसक्यो : मन्त्री किराती (भिडिओ)

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली समाजवाद नेपाली विशेषताको नेपाली माटोमै रहेको बताएका छन् । सोमबार बालुवाटारमा आयोजित पुष्पलाल
राष्ट्रिय पुरस्कार-२०८० समर्पण समारोहमा उनले नेपाली समाज, समाजवाद कस्तो हुने ? नेपाली समाजवादको विशेषता के हुन् ? नेपाली समाज कसरी बनेको छ र समाजवादमा पुग्न के काम गर्नुपर्छ ? नेपाली समाजमा चलिरहेको सांस्कृतिक अभ्यासहरुलाई कसरी जीवित गराउने र कसरी विकास गर्ने ? भन्ने अध्ययन गर्न आवश्यक रहेको बताए ।

भ्रष्टाचारको सफा अभियानदेखि नै समाजवादको बाटो सुरू हुने भन्दै प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा त्यो सुरू भइसकेको किरातीको दाबी छ ।

उनले भने, ‘नेपाली समाजको प्राज्ञिक अध्ययन र अनुसन्धान हामीले गर्नैपर्छ । नेपाली समाजलाई समाजवादमा पुर्‍याउने काम हामीले गर्नैपर्छ । यो हाम्रो कार्यभार हो । त्यो थालनी सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा भइसकेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर