साउने सोमबारकाे पहिलाे दिन पशुपतिमा भीड (तस्बिरहरु/भिडिओ) – Nepal Press

साउने सोमबारकाे पहिलाे दिन पशुपतिमा भीड (तस्बिरहरु/भिडिओ)

काठमाडौं । चन्द्रमासअनुसार पहिलो साउने सोमवारको व्रत आजबाट शुरु भएको छ । सौर्यमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेकाले आजबाट नै व्रत शुरु भएको हो ।

चान्द्रमासअनुसार दुईवटा सोमवारपछि अधिकमास शुरु हुन्छ । सो अवसरमा आज पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । पशुपतिनाथ मन्दिर दर्शन गर्ने र पूजा आराधना गर्न भक्तजनहरु पशुपतिनाथमा बिहानैदेखि भीड लागेको छ ।

साउनमा अधिकमास परे पनि नित्य पूज आराधना भने साउन महिनामा नियमित हुने पशुपति क्षेत्र विकास कोषले बताएको छ ।

चान्द्रमासअनुसार साउन महिना लागेदेखि नै विशेषगरी भारतीय मुलका भक्तजनको भीड लागेको छ । साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर