पुटिनको पक्राउ पुर्जी हुँदाहुँदै दक्षिण अफ्रिकामा पुटिन सहभागी हुने ब्रिक्स्को भौतिक बैठक हुँदै – Nepal Press

पुटिनको पक्राउ पुर्जी हुँदाहुँदै दक्षिण अफ्रिकामा पुटिन सहभागी हुने ब्रिक्स्को भौतिक बैठक हुँदै

काठमाडौ । अन्तर्राष्ट्रिय न्यायालयले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्धको पक्राउ पुर्जी भएपनि अन्तर्राष्ट्रिय न्यायालय क्षेत्रभित्रकै देश दक्षिण अफ्रिकामा ब्रिक्स्को भौतिक सम्मेलन हुने भएको छ जसमा पुटिन सहभागी हुनेछन् ।

ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका मिलेर बनेको ब्रिक्स् समुहको बैठक पछिल्ला तीन वर्षसम्म भौतिक रुपमा बसेको थिएन । अब बस्दा यहि अगस्ट २२ देखि २४ अगस्ट सम्म दक्षिण अफ्रिकामा बस्नेछ ।

दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोछाले हालसालै बताएका छन् कि ब्रिक्स् बैठक निर्धारित समयमै र भौतिक रुपमा बस्नेछ । सत्ताधारी अफ्रिकन नेसनल कंग्रेसको कार्यक्रमको दौरानमा पत्रकारहरुसँग बोल्दै राष्ट्रपति रामापोछाले ब्रिक्स् बैठक भौतिक रुपमै हुने जानकारी दिएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ ।

यो समाचार रुसी मिडियाहरुमा प्राथामिकताका साथ आएको छ । रुसको स्वतन्त्र दैनिक दि मस्को टाइम्स्ले यो समाचार प्राथामिकताकासाथ प्रकाशन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर