इमर्जिङ एसिया कप: आरिफको स्थानमा पवन सर्राफ – Nepal Press

इमर्जिङ एसिया कप: आरिफको स्थानमा पवन सर्राफ

काठमाडौं । आसन्न एसिसि इमर्जिङ टिम्स एसिया कपका लागि नेपाली टोलीको एक खेलाडी परिवर्तन गरेको छ ।

श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप २०२३ का लागि नेपालले आरिफ शेखको स्थानमा अलराउन्डर पवन सर्राफलाई  समावेश गरेकाे हाे  ।

नेपाली टोलीमा रोहित पौडेल, आसिफ शेख, अर्जुन साउद, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, देव खनाल, गुल्सन झा र सोमपाल कामी रहेका छन् ।

प्रतियोगिताका लागि भीम सार्की, श्याम ढकाल, प्रतिस जिसी, ललित राजबंशी, किशोर महतो, सन्दीप जोरा र सुर्य तामाङ पनि अँटाएका छन् । ज्ञानेन्द्र मल्ल नेपाली टोलीबाट बाहिरिएका हुन् ।

जुलाई १३ देखि २३ तारिखसम्म सन्चालन हुने प्रतियोगिताको पहिलो चरणमा नेपालले भारत ए, पाकिस्तान ए र यूएईसँग खेल्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर