फेन्सिङ राष्ट्रिय खेलाडीलाई साइकल हस्तान्तरण – Nepal Press

फेन्सिङ राष्ट्रिय खेलाडीलाई साइकल हस्तान्तरण

कैलाली । फेन्सिङका राष्ट्रिय खेलाडी रेश्मा जोशीलाई साइकल हस्तान्तरण गरिएको छ ।

पोखरामा सम्पन्न ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कांस्य पदक विजेता समेत रहेकी जोशी नेपाल फेन्सिङ संघद्धारा आयोजित राष्ट्रिय फेन्सिङ प्रतियोगितामा रजत पदक विजेता हुन् ।

दैनिक १० किलोमिटर पैदल यात्रा गरेर प्रतिक्षण गर्न आउनु पर्ने भएपनि फेन्सिङ संघ कैलालीका अध्यक्ष जलेन्द्र शाहीको पहलमा अन्तर्राष्ट्रिय कराँते खेलाडी समेत रहेका नेपाल कराँते महासंघका केन्द्रीय उपाध्यक्ष मकेन्द्र बहादुर सिंहले साइकल उपलब्ध गराएका हुन् । उनले यस अघि पनि समस्यामा परेका खेलाडीहरूलाई सहयोग गर्दै आइरहेका थिए ।

जिल्ला खेलकुद समितिका अध्यक्ष ललित खत्री, कार्यालय प्रमुख दीपक सिंह, नेपाल कराँते महासंघका प्रदेश अध्यक्ष त्रिलोक्यनाथ पाण्डेय, कराँते प्रशिक्षक प्रकाश चन्द लगायतको उपस्थितमा साइकल हस्तान्तरण गरिएको हो ।

दैनिक पैदल यात्रा गरेर प्रशिक्षण गर्न आउने बाध्यताका कारण राष्ट्रिय खेलाडी जोशी नियमित प्रशिक्षणमा आउन छोडिसकेकी थिइन् ।

साइकल पाएपछि अब नियमित प्रशिक्षणमा आउने उनले बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर