क्लब छाड्ने अनुमानबीच पीएसजीबारे एमबाप्पेको टिप्पणी- यसले टीमभित्र फुट ल्याउँछ – Nepal Press

क्लब छाड्ने अनुमानबीच पीएसजीबारे एमबाप्पेको टिप्पणी- यसले टीमभित्र फुट ल्याउँछ

पेरिस । फ्रान्सका स्टार स्ट्राइकर केलियन एमबाप्पेले लिग च्याम्पियन पेरिस सेन्ट जर्मन-पीएसजीसँग सम्बन्ध बिग्रँदै गएको संकेत गरेका छन् । पीएसजीले खेलाडीलाई कुनै सहयोग नगर्ने र टीमभित्र विभाजन गर्ने गरेको एमबाप्पेले बताएका छन् ।

फ्रान्स फुटबल म्यागजिनसँग कुरा गर्दै उनले भनेका छन्, ‘मलाई लाग्छ, पीएसजीका लागि खेल्दा खासै खेलाडीलाई सहयोग पुग्दैन किनकी यो विभाजन गर्ने टिम हो। क्लब हो ।’

एमबाप्पे पीएसजीका सर्वकालिन सर्वाधिक गोलकर्ता हुन् । उनले पीएसजी छाड्ने कुरा क्लब व्यवस्थापनलाई जानकारी गराइसकेका छन् । पीएसजी र एमबाप्पेबीचको सम्झौता यसै वर्ष सकिँदैछ । पीएसजीका अध्यक्ष नासर अल खेलाफीले एमबाप्पेलाई फ्रि ट्रान्सफरमा क्लब छाड्न नदिने बताइसकेका छन् ।

सन् २०१७ मा मोनाकोबाट भित्रिएयता एमबाप्पेले पीएसजीका लागि ५ पटक घरेलु लिगको उपाधि जितेका छन् । गत सिजन उनले सबै प्रतियोगितामा गरेर क्लबका लागि ४१ गोल गरेका थिए ।

तर पीएसजीले हालसम्म युरोपियन च्याम्पियन्स लिग जित्न सकेको छैन । ‘हामीले गर्यौँ जति गर्न सक्थ्यौँ’, एमबाप्पेले भनेका छन्’, जसले टीम बनाउन सक्छ, संगठित गर्न सक्छ र टीमलाई बनाउँछ त्यस्तो मान्छेसँग कुरा गर्नैपर्छ ।’

पीएसजीले क्रिस्टोफर गाल्टियरलाई हटाएर प्रशिक्षकका रुपमा लुइस एनरिकेलाई नियुक्त गरिसकेको छ । पीएसजीबाट लियोनल मेस्सी पनि बाहिरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर