मिटरब्याज पीडितलाई गृहमन्त्रीको प्रतिबद्धता- यो सामान्ती शोषणको निकृष्ट अवशेष हो, अन्त्य गर्छौं – Nepal Press

मिटरब्याज पीडितलाई गृहमन्त्रीको प्रतिबद्धता- यो सामान्ती शोषणको निकृष्ट अवशेष हो, अन्त्य गर्छौं

सरकारले मिटरब्याज पीडितलाई न्याय दिलाएर छाड्ने प्रतिबद्धता

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले मिटरब्याज पीडितलाई न्याय दिलाउने बताएका छन् ।

नयाँ बानेश्वरस्थित धर्नास्थलमा पुगेर उनले सरकारले पीडितलाई न्याय दिलाएर छाड्ने भएकाले ढुक्क भएर घर फर्किन आग्रह गरे ।

उनले भने, ‘पीडितहरुलाई न्याय दिनको लागि अध्यादेश ल्यायो । अनुचित लेनदेन वा मिटरब्याजी सम्बन्धी ल्याएका थियौं। अध्यादेशको अवधी सकिएको कारणले निष्क्रिय भएको छ । विधेक संसदमा छ । अस्वीकार भएको होइन। विधेयक पारित गर्ने प्रक्रिया अगाडि बढाइने छ। कानुन बनाइछाडिनेछ ।’

मिटरब्याजी पीडितलाई न्याय दिलाउन सरकारले कुनै कसर नराख्ने जिकिर गरे  उनले भने, ‘यो सामान्ती शोषणको निकृष्ट अवशेष हो । मिटरब्याजीको शोषण । त्यसकारणले यो शोषणको अन्त्य गर्न सरकार प्रतिबद्ध छ।’

उनले ऋण दिनेहरुलाई पनि अन्यायमा नपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर